शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:०१
वासिङटन डिसी 02:16

नेपाली युवा अभिप्रेरक बक्ता शौनक भट्टको अमेरीकामा व्याख्यान

इनेप्लिज २०७२ असोज २३ गते १४:२० मा प्रकाशित

saunakयुवा नेपाली शौनक भट्टले टेनिसी बिश्वबिद्यालयको सभाकक्षमा यहि अक्टोबेर ९ तारिखका दिन “सफलताको पछाडी अभिप्रेरणा” (Motivation behind Success) नामक व्याख्यान प्रस्तुत गरेक छन् | कार्यक्रममा यस बिश्वबिद्यालयका बिद्यार्थी, प्राध्यापक तथा अन्य पेशाकर्मी हरुको उपस्थिति थियो | कार्यक्रम टेनिसी बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले आयोजना गरेका थिए |
सानै उमेर देखि अभिप्रेरक, प्रेरणादायक, र उत्प्रेरक ब्यक्ताको रुपमा ख्याती कमाएका शौनक ले नेपाल, बंगलादेश , पाकिस्तान र भारतमा विभिन्न बर्गका समुदाय लाइ अभिप्रेरक सम्भाषण द्वारा पुर्बग्रह (Mindset) बदल्ने अभियान चलाएका छन् /
Global Inspirational voices award , British council’s International climate champion २०१० award बिजेता शौनक भट्ट अमेरिकन राजदूताबास काठमाडौँका युथ एद्वाइसरि काउन्सिलका सदस्य र We Inspire Nepal नामक संस्थाका कार्यकारी निर्देशक छन् |

saunak2

प्रतिक्रिया