ग्यास अभावमा होटल धमाधम बन्द

इनेप्लिज २०७२ असोज २३ गते ४:२४ मा प्रकाशित

LPG-GAS-cylinderगजुरी (धादिङ), २३ असोज । भारतको अघोषित नाकाबन्दीका कारण ग्यास आपूर्ति रोकिएपछि सदरमुकाम र राजमार्गमा सञ्चालित होटल धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।

लामो समयदेखि ग्यास आपूर्ति बन्द भएको र राजमार्ग क्षेत्रमा सञ्चालित ग्यास डिपोले ग्यास उपलब्ध नगराएपछि होटलले ग्राहकको मागअनुसारको परिकार उपलब्ध गराउन नसकेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

सदरमुुकामस्थित होटल हिमालयनमा खाजा खान पुगेका नेपाल रेडक्रसका रमेश अधिकारीले ग्यास नभएकाले खाजा खुवाउन नसक्ने होटलले भनेपछि पानी र जुस खाएर फर्किनुपरेको बताउनुभयो ।

राजमार्गमा यात्रुका लागि लक्षित गरी सञ्चालन गरिएका होटल ग्यास नभएपछि खानाका परिकार घटाउन थालेका छन् । एक सय हाराहारीमा रहेका यात्रु होटलमध्ये आधाले पसल नै बन्द गरिसकेका छन् भने आधाले दाउरा खोजेर खाना बनाइरहेको देख्न सकिन्छ ।

सदरमुकामका होटलमा पनि ग्यास सकिएपछि होटल जिविकाले दाउराबाट खाना पकाएर ग्राहकको चाहना पूरा गरिरहेको जनाएको छ ।

प्रतिक्रिया