मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १०:५७
वासिङटन डिसी 00:12

खाट्टी संचारकर्मीले अध्यारोमा झटारो हान्दैनन

इनेप्लिज २०७२ असोज २२ गते १३:३७ मा प्रकाशित

BIJAY THAPA

खाट्टी संचारकर्मीले अध्यारोमा झटारो हान्दैनन l र ,यो बिधि अप्नाउदैनन l यस्तो कदम प्रति घृणा गर्छन l कदापी मस्तिष्कमा राख्दैनन् l कलम चलाउनु एक कला हुन्छ l र कला त्यतिकै फुर्दैन ,त्यसको लागि त्याग र तपस्या चाहिन्छ l कलम फनफनी घुमाउने संचार कर्मीको कदर हुन्छ तर यथार्थता नबुझी र अर्काले भनेको भरमा व्यक्ति या संस्था प्रति पूर्वाग्रह राख्ने संचारकर्मीको समुदायबाट बदर हुन्छ l

पत्रकारितामा अध्ययन ,अनुसन्धान ,खोज ,सोध ,तथ्यांकको आवस्यकता पर्दछ l र यदि यस्तो गर्न असमर्थ हुईञ्छ भने संचार कर्मिको बिल्ला झुन्ड्याउनु बेकार कहलिन्छ l

संचारकर्मी बन्न अब आईतबार कुरी रहनु पर्दैन l बिधुतिय माध्यमबाट सामान्य प्रक्रिया पुर्याउन सक्यो भने संचारकर्मी बन्न सकिन्छ l एउटा संजाल खोल्यो भने संचारकर्मीको छाप निधारमा लागि हाल्ने भएको छ l

हजारौ हजार बिधुतिय पत्रिका यत्र तत्र स्थापित छन् र दिनहु आउदै छन् l पत्रकारितामा आफ्नो सम्पूर्ण जीवन अर्पण पत्रकारहरु पत्रकारिता पेसाको भविष्य प्रति चिन्तित छन् l कसरि यसलाई ब्यबसायिक तथा मर्यादित बनाउने कुरामा मस्तिस्क मन्थनमा जोड दिई रहेका छन् l

बारम्बार संचारकर्मी पूर्वाग्रह हुन्छन भनि वात लाग्ने गर्दछ l संचार माध्यममा भौतिक कारवाही ,धम्कि ,त्रास खेप्न बाध्य हुन्छन तर पनि सहि र वास्तविक संचार कर्मीले कलम बन्द गर्दैन l संचार कर्मिको सबै भन्दा ठुलो धर्म खोज र अनुसन्धान पछि जे निस्कन्छ त्यसलाई सतह बाहिर ल्याई दिनु हो l तर अहिले त्यसो भै रहेको देखिने अवस्थामा कमि छ l संचार जगतमा लाग्ने खाट्टी संचारकर्मीले आ-गर्दा अलंकार बुझ्दछन l

संचार कर्मीले कुनै पनि बिशेष ब्यक्ति वा संस्थासंग कदापी आग्रह र पूर्वाग्रह वाट ग्रषित हुनु हुदैन l दिर्घ कालिन रुपमा संचार क्षेत्रमा डुबुल्की मार्ने हो भने यस्तो बिचार फ्याली दिनु पर्छ l

कलम चलाउने संचारकर्मी सिद्धान्तमा एक र ब्यबहारमा अर्को हुनु हुदैन l व्यक्ति र संस्था प्रति नराम्रो देख्ने संचारकर्मीले आखा खोल्न सिक्नु पर्दछ l सत्य ,तथ्य पत्ता लगाउन पत्रकारिताको प्रतिभा देखाउनु पर्दछ l हचुवाको भरमा संस्था र बिसेष व्यक्तिलाई लान्छना लगाउनु हुदैन l बिना आधार कलम चलाउन पटक पटक घोत्लनु पर्छ नत्र पत्रकारितामा संलग्न संचार कर्मिको उठिबास लाग्ने सम्भावना हुन्छ l

पक्षपातमा संचारकर्मीले कहिले गर्नु नहुने र यसमा अल्झिए धमिराले घर भित्र भित्र मक्याएको जस्तो स्वयम्लाई चट बनाई दिन्छ l कैयौ संचारकर्मिको ज्यान् गएको छ ,धम्कि पाएका छन् ,अपहरणमा परेका छन् ,जिल्ला छोड्न बाध्य छन् ,समाचार प्रकाशितमा प्राथमिकता नदिएको भनि भौतिक कारवाही गरिएको र गरिने धम्कि खेपेको खेपैका छन् तर कालोलाई कालो र सेतोलाई सेतो पनि भनि कलम चलाई रहेका पनि छन l

राष्ट्रको चौथो अंगको रुपमा पत्रकारिता पेशा र यसको मान ,मर्यादाको ख्याल गर्नु यस क्षेत्रमा लाग्ने सम्पूर्ण संचारकर्मीको धर्म हुन्छ l पत्रकारिताको प्रतिष्ठा अभिवृद्धि हेतु सबैले यसको मर्म बुझ्न जरुरि छ l संचार जगतमा लाग्ने र कलमलाई दिर्घजीवि बनाउन चाहने सबैले व्यक्ति या संस्था प्रति पूर्वाग्रहरहित हुनु अपरिहार्य हुन्छ l यसमा ख्याल गरे भलाई हुन्छ नभए आफ्नै नोक्सानी र पत्रकारिताको विश्वसनीयता प्रति प्रश्न चिन्ह लाग्दछ l

………………………………………………….अस्तु

प्रतिक्रिया