डिसीमा मनोज गजुरेलको साथमा रमाइलो साँझ हुने

इनेप्लिज २०७२ असोज २१ गते २:१२ मा प्रकाशित

unnamed

नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् l

भर्जिनियाको वुडब्रिज नेपाली समुदायको आयोजनामा वुडब्रिज बालबालिकाको शिक्षा कार्यक्रमको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिने जानकारी आयोजकको तर्फबाट रोशन पुरीले जानकारी दिएका छन् l

नेपाली टेलीभिजन नाइट ,म्युजिक भिडियो ,फेसन प्रदर्शन ,सांगीतिक कार्यक्रम संचालन गरि सकेका पुरीले नेपाली रमाइलो सांझ कार्यक्रमको प्रचार प्रसार निकै राम्रो भै रहेको र नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको बताए l

उक्त कार्यक्रमको लागि मनोज गजुरेलको साथमा स्थानीय तथा हाल अमेरिकामा रहेका नेपालका ख्याती प्राप्त कलाकारहरु संजिव प्रधान , सरिस्मा आमात्य ,सौजन्य सुब्बा ,पल्लबि राना ,राहुल केसी तथा नेपाली चलचित्र निर्देशक दर्पण पोख्रेल सहित को प्रस्तुति हुने भएको छ l

प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन पस्कने गजुरेलका प्रस्तुतिको लागि अमेरिकाबासि प्रतिक्षारत रहेका छन् l उक्त नेपाली रमाइलो साँझ २०१५ को लागि टिकट प्रशुल्क $ १५ डलर मात्र राखिएको छ भने कार्यक्रम आगामी अक्टोबर १८ तारिख आइतबार हुने भएको छ l

प्रतिक्रिया