आइतबार, मंसिर १४ २०७७
काठमाडौं १५:४७
वासिङटन डिसी 05:02

उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजकमा शिवकुमार राईको उम्मेदवारी घोषणा

इनेप्लिज २०७२ असोज २१ गते ०:१९ मा प्रकाशित

 

Shiva-Rai

न्युयोर्क । गैरआवासीय नेपाली संघका अभियन्ता शिवकुमार राईले आगामी महाधिवेशनका लागि उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजक पदमा उम्मदेवारी घोषणा गर्नुभएको छ ।

लामो समयसम्म एनआरएन अमेरिकाको नेतृत्वमा रहनुभएका राईले आगामी कार्यकालका लागि उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली जातिको समृद्धि, पहिचान र सामाजिकरणका लागि गतिशील गैरआवासीय नेपाली भन्ने नाराका साथ उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

Shiva-Rai1

उहाँले आफ्नो कार्यकालमा सामूहिक नेतृत्व, संस्थागत विकास, संस्थागत पारदर्शिता बनाउने प्रतिबद्धता जनाउनुभएको छ । यसैगरी, मातृभूमिको समृद्धि एवं बैदेशिक लगानी, पर्यटन प्रबद्र्धनलाई सशक्त बनाउने उहाँको प्रतिबद्धता छ ।

अति नै इमान्दार मानिएका राईले एनआरएन अमेरिकाको नेतृत्व तहसम्म आइपुग्दा विभिन्न पदमा बसी काम गर्नुभएको थियो । यसका साथै, नेपाली समुदायमा उहाँले खेलेको भूमिकाको अहिले पनि प्रशंसा गर्ने गरिन्छ ।

एनआरएनका अभियन्ता र नेपाली समुदायका अगुवाको आग्रह अनुसार आफू उम्मेदवार बनेको राईले बताउनुभयो । आफ्नो जित सुनिश्चित रहेको भन्दै उहाँले सहयोगका लागि सबैमा अपिल समेत गर्नुभएको छ ।

उहाँको उम्मेदवारीलाई नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, आदिबासी जनजाति महासंघ लगायतका सामाजिक संघसंस्थाले पनि समर्थन जनाएका छन् ।

Shiva-Rai2

प्रतिक्रिया