बुधबार, मंसिर १० २०७७
काठमाडौं २३:१४
वासिङटन डिसी 12:29

नेपाल जोर्डनसँग ३-० ले पराजित, हारसँगै च्याम्पियनसिप यात्रा सकियो

इनेप्लिज २०७२ असोज २० गते २२:०३ मा प्रकाशित

15092712Dilipकाठमाडौँ, १९ असोज । इरानमा जारी एसियाली फुटबल महासङ्घ १९ वर्षमुनि (एएफसी यु–१९) छनोट प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ । आजको हारले आगामी वर्ष बहराइनमा यु–१९ एएफसी च्याम्पियनसिपमा खेल्ने नेपालको सम्भावना सकिएको छ । नेपाललाई निराश बनाउने क्रममा जोर्डनले खेलको ७ औँ, १४औँ र खेल सकिन अतिरिक्त समयमा गोल गरेको थियो । सुरुमै गोल खाएका कारण दबाबमा आएको नेपालले गोल फर्काउने प्रयास गरे पनि सफल भएन । पहिलो खेलमा नेपालले आयोजक इरानसँग नेपाली टोली १०–० को अप्रत्याशित हार व्यहोरेको थियो भने दोस्रो खेलमा कुबेतसँग १–१ को बराबरी खेलेको थियो । रासस

प्रतिक्रिया