बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:३०
वासिङटन डिसी 20:45

कुनै पनि बहानामा वस्तु र सेवाको प्रवाह रोक्न पाइँदैन: परराष्ट्रमन्त्री

इनेप्लिज २०७२ असोज २० गते १३:५० मा प्रकाशित
संयुक्त राष्ट्रसङ्घको ७०औं महासभामा सहभागी भएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्बिर: रोशन सापकोटा, रासस

संयुक्त राष्ट्रसङ्घको ७०औं महासभामा सहभागी भएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्बिर: रोशन सापकोटा, रासस

काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भूपरिवेष्टित एवम् अल्पविकसित मुलुकमा अत्यावश्यक वस्तु र सेवाको प्रवाह कुनै पनि बहानामा रोक्न नपाइने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग “अल्पविकसित÷भूपरिवेष्टित मुलुकको अधिकार कुनै पनि देशले कुण्ठित गर्न पाउँदैन” भन्नुभयो ।

महासभाका क्रममा आफूले भारतका विदेशमन्त्रीलाई पनि सोही कुरा अवगत गराएको जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको भेटवार्तामासमेत उक्त विषयलाई सशक्त रुपमा उठाएको बताउनुभयो ।

भारतीय विदेश मन्त्रालयका उच्च पदाधिकारीको उपस्थितिमा भारतीय विदेशमन्त्रीसँग भएको भेटमा आफूले नेपालतर्फ आपूर्ति हुने अत्यावश्यक सामग्री रोकिएकाबारे गम्भीर रुपमा ध्यानाकर्षण गराएको र प्रत्युत्तरमा उहाँले नेपालसम्मको सीमा क्षेत्रमा त्यस्ता मालसामान पु¥याइदिने आश्वासन दिएको जानकारी मन्त्री पाण्डेले दिनुभयो ।

राष्ट्रसङ्घका महासचिव बानकी मुनसँगको भेटवार्तामा उहाँले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको होकि भन्ने जिज्ञासा राख्नुभएको र आफूले केही व्यक्तिको गलत सूचना प्रवाहमा आधारित भएर भारतले त्यसो गरेको जानकारी गराएको मन्त्री पाण्डेले बताउनुभयो ।

संविधान जारी भएसँगै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

न्युयोर्कमा रहँदा विश्वका विभिन्न मुलुकका आफ्ना समकक्षी, उच्च अधिकारी एवम् राष्ट्रसङ्घका वरिष्ठ अधिकृतसँग बेग्लाबेग्लै भेटेर मुलुकको हित प्रवद्र्धनका साथै जारी संविधान र त्यसका विशेषताबारे जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया