शनिबार, मंसिर २० २०७७
काठमाडौं २२:५६
वासिङटन डिसी 12:11

बोको हरामका लडाकूले बोकेको बम पड्किँदा तीनको मृत्यु

इनेप्लिज २०७२ असोज २० गते ४:४५ मा प्रकाशित

नेइमी (नाइजर), २० असोज । नाइजेरियाली इस्लामिक समूह बोको हरामका लडाकूले बोकेको बम विस्फोटन हुँदा सोमबार तीन जना लडाकूको मृत्यु भएको स्थानीय स्रोतबाट जानकारी हुन आएको छ ।

बोको हरामका लडाकूले उक्त विस्फोटक पदार्थ वरिबहन गर्ने सिलसिलामा भएको उक्त घटनामा केही अन्य लडाकू घाइते भएको यहाँका सञ्चारमाध्यममा जनाइएको छ ।

लडाकूले बमलाई लिई यहाँको बोसो नगरमा प्रवेश गर्ने क्रममा एक्कासी विस्फोट भएको थियो । बोको हरामले उक्त विस्फोटक पदार्थ स्थानीय नगरमा आक्रमण गर्ने योजनासहित लिएर गएको समेत समाचारमा उल्लेख छ ।

प्रतिक्रिया