मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:१६
वासिङटन डिसी 18:31

अमेरिकाको टेक्ससमा धूमधामका साथ इन्द्रजात्रा कार्यक्रम २०१५ सम्पन्न

इनेप्लिज २०७२ असोज १९ गते ९:०० मा प्रकाशित

_BRN9533 copy

युनाइटेड नेवा: यू. एस. ए. को आयोजनामा अमेरिकाको टेक्सास राज्य को River Legacy Park आर्लिंगटन शहरमा अमेरिका मा पहिलो पटक इन्द्र जात्राको आयोजना गरियो। इन्द्र जात्राको पावन अबसरमा हार्दिक शुभ कामना तथा अन्य कार्यक्रम सहित गत अक्टोबर ४ आइतबारका दिन कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको हो।

_BRN9564 copy
कुमारीको हात बाट दीप प्रज्वलन गरेर उद्घाटन गरिएको उक्त कार्यक्रम नेवारी संस्कृति झल्कने धिमे बाजा शुरु गरिएको थियो।  कार्यक्रमको संचालन संस्थाका महासचिब स्वयम्भु शाक्यले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष प्रमेश श्रेष्ठले। डा सर्मिला श्रेष्ठले स्वागत गर्नु भएको उक्त कार्यक्रममा कोषाध्यक्ष विजय बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभयो। मेरिल्याण्ड, बाल्टिमोरबाट आउनुभएका नेवारी समुदायका पुरोहित भासभ राजोपाध्यायले इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक महत्वमाथि प्रकाश पार्नुभएको थियो I

_BRN9568 copy
टेक्सासको ड्यालसमा रहेका सम्पूर्ण संघ संस्थाहरुको उत्साहप्रद उपस्थितिमा भएको उक्त कार्यक्रम नेवा: खाना मोमो, छोयला बजी, मुस्या आदि नेवारी खानाको व्यवस्था गरिएको थियो। कार्यक्रममा आकर्षणको रुपमा काठ्मान्डुको स्थानिय लाखे नाच तथा पुलु किसी नाच, कुमारी पूजा, सम्य बजी, मंजु श्री नाच, चंगा उडाउने, बच्चा बच्चीको लागि बिशेष खेलको आयोजना गरिएको थियो।

_BRN9676 copy
बालक देखि युवा, बृद्ध सम्म सबै रमाउने कार्यक्रमको आयोजना गर्ने यस संस्था सम्पूर्ण ड्यालस  बासीको तर्फबाट धन्यबादको पात्र रहेको बताउनुभयो नेपाली समाजका महासचिब विजयराज भट्टराई, एनआरएन अमेरिकाका सल्लाहकार तथा पूर्व  नेपाली समाजका अध्यक्ष गौरी जोशी, नेपाली जन सम्पर्क समिति वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी,समाज सेबीहरु  सरोज जोशी, डा सन्जीब श्रेष्ठ, कपिल अधिकारी, सन्जीब श्रेष्ठ, ड्यालस  एभरेष्ट लायन्स क्लबका अध्यक्ष केशव लामिछाने, एनआरएन टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने,  समाजसेबी सुन्दर कर्माचार्य, नेपाली जन सम्पर्क समिति ड्यालस फोर्थवोर्थ चाप्टर सभापति ज्ञानेन्द्र कार्की, समाज सेबी मकर बज्राचार्य, राम गमाल  लगाएत  उक्त कार्यक्रममा  उपस्थित प्राय सबैले   हिमालय खबर संगको कुराकानीमा। कार्यक्रममा अतिथि कलाकार संजिप प्रधान र सरिश्मा अमात्यको बिशेष गीत संगीत तथा स्थानिय कलाकारहरुको गीत तथा संगीतमा सर्बसाधारण निकै रमाएका थिए।

_BRN9840 copy

दिउसो १२ बजे शुरु भएको उक्त कार्यक्रममा साँझ ७ बजे सम्म एकनासले आउने जानेको भीड हेर्दा ८००  भन्दा बढी सहभागी भएको अनुमान सजिलै लगाउन सकिन्थ्यो।

प्रतिक्रिया