बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २३:४८
वासिङटन डिसी 13:03

अमेरिकाको नेपाली मन्दिरमा छेलो फाल्ने खेल सम्पन्न

इनेप्लिज २०७२ असोज १८ गते ११:२४ मा प्रकाशित
Inline image 1
Ambassador Dr. Arjun Karki 
केमिका भण्डारी, ५ अक्टुबर २०१५ – अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डमा रहेको 
नेपाली मन्दिरको जग्गामा पहिलोपटक छेलो भनिने “ठेलो हान्ने” खेल प्रतियोगिता सम्पन्न भयो l
 
अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले फलामको ठेलो हानेर 
ऊद् घाटन गर्नुभएको ऊक्त प्रतियोगिता नेपाली मन्दिरको ७२ रोपनी जग्गामा 
पहिलोपटक आयोजना गरिएको थियो l नेपाल स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेशनलको आयोजनामा 
भएको उक्त प्रतियोगितामा नानीबाबु श्रेष्ठ (Laurel) प्रथम, रामचन्द्र भट्टराई (Chantilly) दोश्रा र 
ऊमेश निरौला तेश्रा भए l बिजयी खेलाडीहरु र खेलमा भाग लिएका १५ जना  
महिला पुरुष सबै खेलाडीहरुलाई संस्थाकी अध्यक्ष सिता पाण्डेले पुरुष्कार बितरण गर्नुभएको थियो l 
 
NECC ( नेपाली मन्दिर ) को १६ औं बार्षिकोत्सबको अवसरमा प्रबाशमा नेपाली नेपाली बिचको 
भाईचारा सम्बन्ध बढाऊन सिर्फ मनोरंजनको लागी यो “ठेलो हान्ने खेल” आयोजना गरिएको कुरा 
आयोजक संस्थाकी अध्यक्ष सिता पाण्डेले बताईन l रमाईलो गर्नकै लागी आयोजना 
गरिएको खेल भएकोले, सबैलाई हँसाऊँदै रमाईलो गर्दै खेम भट्टचनले खेल संचालन 
गर्नुभएको थियो l    
 

 

Inline image 5 
Mrs. Ambassador Gauree Karki
 Inline image 6   

प्रतिक्रिया