बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:११
वासिङटन डिसी 07:26

शोक सभा सम्पन्न

इनेप्लिज २०७२ असोज १८ गते ४:२६ मा प्रकाशित

DSC_0032अक्टोबर ०४, २०१५
कोलोराडो, अमेरीका
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको शनिबार भएको असामहिक निधनमामा दुःख व्यक्त गर्दै कोलोराडोमा आज एक शोक सभाको आयोजना गरिएको छ ।

DSC_0045
तमुधी कोलोराडोको आयोजनामा सम्पन्न शोक सभामा कोलोराडो स्थित विभिन्न संघ संस्थाका प्रतिनीधी, बुद्धिजिवी,उद्योगी व्यवसायी, मान्यजन, पत्रकार, चन्द्रबहादुर गुरुङका श्रीमती, छोरा,छोरी, साथी तथा आफन्तहरुको बाक्लो उपस्थिती रहेको थियो ।
चन्द्रबहादुरको संझनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले उनको तस्विरमा फुलका गुच्छा, खादा, माला पहिराई श्रद्धान्जिली अर्पण गरेका थिए । त्यसपछि सुरु गरिएको शोक सभाका अधिकाश वक्ताहरुले नेपालले सच्चा ईमान्दार, राष्ट्र भक्ति नेता गुमाउन परेकोमा दुःख व्यक्त गरेका थिए । उनमा भएको राष्ट्रियताको भावना, नेपालमा उनले नेपालमा पु¥याएको योगदानको सबैले खुलेर प्रशंसा गरेका थिए । शोक सभालाई संवोधन गर्दै चन्द्रबहादुरका छोरा अभिषेखले बाबु प्रति आत्मीयता देखाई श्रद्धान्जली अर्पण गर्न उपस्थित भएका सबैलाई धन्यवाद दिएका थिए ।

DSC_0052
पेनक्रियाजमा समस्या देखिए पछि नेपाल र भारतका डाक्टरको सल्लाह अनुुसार उनी उपचार गर्न अमेरिका आएका थिए । कोलोराडो स्थित युनिभर्सिटी अफ कोलोराडो अस्पत्तालमा उपचारको क्रममा शनिवार ८.२० बजे उनको देहवसान भएको थियो । परिवारको सल्लाह अनुुसार उनको पार्थिव शरिरलाई नेपालमा लगि अन्तिम संस्कार गरिने बताईएको छ ।

DSC_0131
२०११ सालमा स्याङ्गजाको पन्चमुलमा जन्मेका गुरुङ पंचायतकाल देखिनै राजनितीमा सक्रिय थिए । उनी युवक संगठनको केन्द्रिय सभापति, पहिलो संविधान सभाका सदस्य र हाल राप्रपा नेपालका महामन्त्री रहेका थिए । उनका श्रीमती एक छोरी र एक छोरा रहेका छन् ।

DSC_0138 (1)

प्रतिक्रिया