भरतको तेस्रो म्यूजिक भिडियो ‘गयौं माया…’ त्रिकोणात्मक प्रेम कथा

इनेप्लिज २०७२ असोज १७ गते १६:२५ मा प्रकाशित

IMG_7867

सुनसरी इटहरीका गायक भरत सुनारको तेस्रो म्यूजिक भिडियो ‘गयौं माया….’लाई क्रेजी इन्टरटेनमेन्टले निर्माण गर्ने भएको छ । इन्टरटेइमेन्टले छायांकन शनिबार पूरा गरेको हो ।

IMG_7871
मोरङको पथरीशनिश्चरेस्थित पूर्वेली होटल जिरीखिम्तीमा कलाकारद्वय सुमन खनाल र कुसुम ओझा जोडतोडका साथ नाचिरहेका थिए भने क्यामेराम्यान भूपेन्द्र तुम्वाहाम्फे क्यामेरामा कैद गर्न व्यस्त । औपचारिक कार्यक्रम या भनौ कुनै इभेन्ट गरे जस्तो सुनिए पनि त्यो नभएर म्यूजिक भिडियोको छायांकन भइरहेको थियो त्यहाँ । उक्त भिडियोमा पथरीशनिश्चरेका सुमन खनाल, करण धिताल र उर्लाबारीकी कुसुम ओझाले अभिनय गरेका छन् । भूपेन्द्र तुम्वाहाङ्फेको छायांकन र सन्तोष राईको निर्देशन रहेको उक्त भिडियो त्रिकोणात्मक प्रेमकथामा आधारित छ । म्यूजिक भिडियोका विषयमा निर्देशक राई बेलिविस्तार यसरी लगाउँछन् – ‘यो भिडियो त्रिकोणात्मक प्रेमकथामा आधारित छ विशेषतः टिनएज लाइफलाई मध्यनजर गर्दै माया प्रेमका कुरालाई नै प्रस्तुत गरेको छु । भिडियो चाडै नै रिलिज हुने क्रेजी इन्टरटेइमेन्टले जानकारी गराएको छ ।

IMG_7852

प्रतिक्रिया