घरजग्गाको कारोबार घट्यो

इनेप्लिज २०७२ असोज १७ गते ११:०६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १६ असोज । म्याग्दी जिल्लामा पछिल्लो समय घरजग्गाको कारोबारमा गिरावट आएको छ ।

भुकम्पपछि त्यसको असर जिल्लाको घरजग्गा कारोबारमा परेको हो । जिल्ला मालपोत कार्यालयमा आर्थिक वर्ष २०७०/७१ मा दुई हजार एक सय घरजग्गाको रजिस्टेसन भएकोमा आव २०७१र७२ मा दुई हजार घरजग्गाको रजिस्टे«सन पास भएको छ ।

गत वैशाखमा भूकम्प र जेठमा बैसरीमा पहिरो गएपछि घरजग्गाको कारोबार ह्वात्तै घटेको कार्यालयका नायव सुब्बा विष्णुदत्त शर्माले बताउनुभयो ।

उहाँका अनुसार चालु आव २०७२/७३ को साढे दुई महिनाको अवधिमा करिब दुई सयको हाराहारिमा मात्रै घरजग्गाको रजिस्टेसन पास भएको छ ।

भुकम्प लगत्तै घरजग्गा खरिदमा सर्वसाधारणको आकर्षण घटेको र बैसरीमा पहिरो गएपछि सदरमुकामलगायत म्याग्दी र कालीगण्डकीको तटीय क्षेत्रको घरजग्गामा हुने लगानीलाई असुरक्षित ठानेर लगानीकर्ता पछि हटेका हुन् ।

घरजग्गाको कारोबार घटेपनि बैंक, सहकारी र वित्तिय संस्थामा दृष्टिबन्धक राखेर ऋण निकाल्ने क्रम भने बढेको मालपोत अधिकृत अविनास कुँवरले बताउनुभयो ।

यसैगरी मालपोत कार्यालयले दलित र महिलामा सम्पत्तीको पहुँच बढाउने उद्देश्यले सरकारले ल्याएको नितिअनुसार गत आवमा रु २६ लाख ५० हजार राजस्व छुट दिएको छ । दलित, महिला, एकल महिला, अपाङ्गता भएका र ७० वर्षभन्दा बढी उमेरका नागरीकको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट दिने ब्यवस्था रहेको छ ।

गत वर्ष म्याग्दीका ३८७ जना महिलाले रु २० लाख ६८ हजार र १३० जना दलितले रु पाँच लाख ८१ हजार छुट पाएका छन् । अघिल्लो आव २०७०र७१ मा एक हजार १२७ जना दलित र महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ४९ लाख ६७ हजार छुट पाएका थिए ।

प्रतिक्रिया