सकेसम्म सहमतीय सरकार बन्छ: महासचिव पोखरेल
पोखरा, १६ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पूर्व सहमतिअनुसार नै प्रधानमन्त्रीले पद त्यागको घोषणा गर्नुभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीद्वारा पद त्यागसँगै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको र सकेसम्म सहमति नभए बहुमतीय आधारमा सरकार बन्ने धारणा राख्नुभयो ।
मुख्य पार्टीले नै सरकारको नेतृत्व गर्ने बताउँदै महासचिव पोखरेलले एमालेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री लागि प्रस्ताव गर्ने जनाउनुभयो ।
एमालेले दया र मायाका भरमा भन्दा पनि आफ्नो हैसियतले सरकारको नेतृत्व गर्ने बताउँदै उहाँले एमालेको नेतृत्वमा सरकार नबने संविधान कार्यान्वयनमा कठिनाई हुने तर्क पेस गर्नुभयो ।
उहाँले नयाँ संविधानलाई विश्वले नै स्वागत गरिरहेका बेला भारत भने बेखुसी हुनु दुःखद भएको बताउनुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया