समसामयिक बहस कार्यक्रममा बरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया, पत्रकार गुणराज लुइटेल र राजनीति कर्मी यज्ञ खरेल ।

इनेप्लिज २०७२ असोज १६ गते ०:५५ मा प्रकाशित

यति बेला नेपालमा केही असहज परिस्थिति सिर्जना भएको छ । संसारभर छरिएर रहेका नेपालीहरुमा चासो र चिन्ता बढेको छ । हालैमात्र ९० प्रतिशत जनताका प्रतिनिधिले नेपालको संविधान २०७२ पारित गरेका छन । अब यो लागू पनि भइसकेको छ । संसार भरका नेपालीहरुले स्वागत गरेका छन । तर विडम्बनापूर्ण ढंगले छिमेकी भारतले यसो चासो बढायो । आफ्नो स्वार्थ अनुकुल संविधानमा परिमार्जन गर्न दबाव दियो । आबश्यक बहुमतबाट पारित भइसकेको संविधानमा पुनर्लेखन संभव छैन तर भारतले यसैमा खोजे थापेर नेपालसंगको दुई पक्षिय संन्धी संझौताहरुकोसमेत उलंघन गर्दै दुई देशबीच चलिरहेका सवारी साधन र ढुवानी सेवामा रोक लगाएको छ ।

यी घटनाक्रमहरुको यथार्थ चित्रण गर्न र आम नेपाली समुदायलाई यस सम्बन्धी जानकारी दिने उद्धेश्यले हामीले एक समसामयिक बहस कार्यक्रमको आयोजना गरेका हौं । यसमा भाग लिइरहनुभएको छ नेपालका बरिष्ठ पत्रकार तथा दक्षिण एसियाली क्षेत्रीय स्वतन्त्र पत्रकार संघ(साफ्मा)का संस्थापक अध्यक्ष गोपालप्रसाद थपलिया, पत्रकार गुणराज लुइटेल र राजनीति कर्मी  यज्ञ खरेल  ।
नेपालको पत्रकारिताको इतिहासमा लामो समयसम्म निरन्तर लागि रहनु भएका पत्रकार थपलिया “स्वतन्त्र प्रेसका योद्धा-freedom fighter­ को उपाधिप्राप्त गर्ने एक मात्र पत्रकार हुनुहुन्छ । स्वतन्त्रताका लागि लडिरहदा पंचायतकाल र त्यस पछि पनि पत्रकार थपलिया उत्तिकै सक्रिय हुनुहुन्छ । आन्दोलनको क्रममा जेल पर्ने र खास गरी पंचायतकालमा दिइएको अमानवीय सजाय“ र यातनाका कारण उहा“को शरीरमा विभिन्न रोग उत्पन्न भइसकेका छन । यति बेला उहा“ myasthenia grabis रोगको उपचारको क्रममा अमेरिकामा हुनुहून्छ ।

प्रतिक्रिया