मास्कोमा नेपाली महिला नेतृत्रयको स्वागत

इनेप्लिज २०७२ असोज १४ गते २२:४१ मा प्रकाशित

KPS&SujataKoirala28092015
मास्को, २७–२८ सेप्टेम्बर २०१५ । मास्कोमा बसोवास गरिरहेका नेपालीहरुले रुसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबर्गमा सुसम्पन्न भएको युरेसिया महिला सम्मेलनमा भाग लिन आएको नेपाली महिला प्रमण्डलको हार्दिक स्वागत गरेका छन् । गैरआवासीय नेपाली संघ रुसको तत्वावधानमा मास्कोको दक्षिण–पश्चिममा अवस्थित ‘पार्क पैलेस’ को रेष्टुराँमा नेपाली महिला नेतृत्रयको भव्य स्वागत समारोह र प्रीतिभोजको आयोजना गरिएको थियो । त्यसमा रुसमा नेपालीहरुका सामाजिक संस्थाहरु –गैरआवासीय नेपाली संघ, रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ रुस, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) का प्रतिनिधिहरुका साथै मास्कोस्थित नेपाली राजदूतावास परिवारको पनि सहभागिता रहेको थियो ।

IMG_3058
महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले नेपालबाट रुसको राजधानीमा आइरहनुभएकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वमन्त्री हिसिला यमि र पर्यटन तथा नागरिक उड्डयन मन्त्री निलम के.सी. का साथै सहसचिव राधिका अर्यालको परिचय दिनुभएपछि पारस्परिक परिचयको आदान–प्रदानको क्रम चलेको थियो । भर्खरै एक साताअघि घोषित गरिएको नयाँ संविधानको महत्वबारे प्रकाश पार्दे नेपालका तीन प्रमुख राजनैतिक दलहरुको प्रतिनिधित्व गर्ने नेतृत्रयबाट देशको वर्तमान अवस्थाबारे क्रमशः आ–आफ्नो दृष्टिकोणबाट अवगत गराइएको थियो । तराई क्षेत्रमा देखिएको अशान्त वातावरणको सन्दर्भमा हिसिला यमिबाट मधेसी तथा थारुको मागलाई सम्बोधन नरिनृ आवश्यक छ भनी जोड दिइएको थियो भने झापा आन्दोलनदेखि राजनीतिमा संलग्न निलम के.सी.बाट समयानुकूल आवश्यक संशोधन गर्दै नयाँ संविधानलाई परिष्कृत गर्दै लैजान सकिने सम्भावना रहेको कुरा जनाइएको थियो । सुजाता कोयरालाबाट चाहिं अब विभिन्न पार्टीहरुले एकजूट भई देशको विकासमा लाग्नु जरुरी भएको र नयाँ सम्बिधानले यसका लागि सम्भावनाको ढोका खोलिदिएको छ भनी जोड दिनुका साथै यस कार्यमा विदेशमा रहेका नेपालीहरुको योगदानको आवश्यकता भएको र स्वदेशमै श्रम र सीप लगाउने सम्भावनाको सिर्जना गरिने पनि विश्वास व्यक्त गर्नुभयो । सौहार्दपूर्ण वातावरणमा सम्पन्न स्वागत समारोहमा नेपाली महिला नेतृत्रयबाट त्यहाँ उपस्थित रुसवासी नेपालीहरुका विभिन्न सुझाव, प्रश्न, जिज्ञासाको समुचित जवाफ पनि दिइएको थियो र रुसमा पहाड, मधेश, तराई सबै क्षेत्रको प्रतिनिधित्व गर्ने सम्पूर्ण नेपालीहरु एकै परिवारका सदस्थजस्तै मिलीजुलीकन बसिरहेकोमा आपूmहरु निकै प्रभावित भएको अभिव्यक्ति दिइएको थियो ।

IMG_3068
अर्को दिन मास्कोस्थित नेपाली राजदूतावासमा राजदूत–दम्पति डा. रविमोजन सापकोटा तथा डा. सुलोचना सापकोटाको तर्पmबाट अतिथिहरुको सम्मानमा दिवाभोजको आयोजना गरिएको थियो । त्यसमा पनि मास्कोवासी नेपालीहरूका प्रतिनिधिहरूको समुपस्थिति रहेको थियो । त्यसै दिन महिला, बालबालिका तथा सामाजिक कल्याणमन्त्री निलम के.सी. तथा सहसचिव राधिका अर्याल नेपालतिर उड्ने हुँदा राजदूत–दम्पतिले बिदा गर्न विमानस्थलतिर जानुपरेको थियो भने रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा सुजाता कोइराला तथा हिसिला यमिसँग प्राच्यविद्हरुको अन्तरक्रिया कार्यक्रममा भाग लिन उपनियोगप्रमुख इन्दिरा अ¥यालको साथमा हामी मास्कोको केन्द्रतिर लाग्यौं ।

IMG_3070
प्राच्यविद्या संस्थानको व्याख्यानकक्षमा त्यहाँ कार्यरत केही वैज्ञानिक कार्यकर्ताहरु मात्र नभई राजकीय मानविकी शास्त्र विश्वविद्यालय, मास्को राजकीय विश्वविद्यालयअन्तरगत एशिया–अफ्रिका अनुसन्धान संस्थानलगायत नेपाल र दक्षिण एसियाका देशहरूको अध्ययन–अनुसन्धानमा संलग्न मास्कोका अन्य शिक्षण एवं अनुसन्धान संस्थानका वैज्ञानिक कार्यकर्ता र विद्यार्थीहरूका साथै रूस–नेपाल सहयोग तथा मैत्री समाजका प्रतिनिधिहरू पनि उपस्थित भइसकेका थिए ।

IMG_3072
भारतवर्ष अध्ययन केन्द्रकी प्रमुख ताच्याना शाउम्यानले विशिष्ट नेपाली अतिथिहरूको हार्दिक स्वागत गर्दै अध्यक्षमण्डलमा स्थान ग्रहण गराइएपछि प्राच्यविद्या संस्थानका नवनिर्वाचित निर्देशक, बौद्ध दर्शनका विज्ञ भालेरी आन्द्रोसोभले स्वागत मन्तव्य राख्नुभयो र ताच्याना शाउम्यानले अन्तरक्रिया कार्यक्रमको सञ्चालन गर्दै भारतमा नेहरु परिवारजस्तै नेपालमा पनि देशको वर्तमान इतिहासको प्रतिबिम्ब झल्कने कोइराला परिवारकी प्रतिनिधि पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला तथा नेपालका कवि धर्मचत्न यमिकी सुपुत्री, पूर्व मन्त्री हिसिला यमिको परिचय दिई १९५ वर्षको इतिहास बोकेको रूसको एक विख्यात अध्ययन केन्द्रको रूपमा रहेको प्राच्यविद्या संस्थानको छोटो परिचय दिनुभयो ।

IMG_4260
नेपालकी पूर्वमन्त्री हिसिला यमिले आफ्नो वक्तव्यमा नेपालको नयाँ संविधानको घोषणापश्चात् देशमा उत्पन्न स्थितिको बारेमा अवगत गराउँदै समाजवादबाट पूँजीवादी व्यवस्थामा संक्रमण गर्ने रूस महासंघ र अन्ततोगत्वा राजतन्त्रलाई सदाका लागि विस्थापित गरी सामन्तवादबाट पूँजीवादी व्यवस्था अपनाउने संघीय नेपालमा निकै कुरामा समानता नभए तापनि एक कुरामा समानता देखिएको चर्चा गर्नुका साथै त्यो समानता बहुदलीय शासकीय व्यवस्थामा टडकारै देखिएको टिप्पणी गर्नुभयो । क्रमशः पूँजीवादी तत्वहरू अपनाउँदै पनि चीनमा साम्यवादी दलको नेतृत्व कायमै रहेको तर विश्वको एक शक्तिशाली समाजवादी राष्ट्रको रुपमा रहेको सोभियत संघ एक्कासी विघटन हुन गई नयाँ रूसले पूँजीवाद ग्रहण गर्नु कसरी सम्भव भयो भन्ने उहाँले जिज्ञासा राख्नुभएको थियो ।

IMG_3098
नेपालकी पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले देशका सबै राजनैतिक दलहरुको संयुक्त प्रयासबाट सदाका लागि राजतन्त्रको अस्तित्व मेटिई दुईपल्ट संविधान सभाको निवौचन गर्नुपरे तापनि अन्ततोगत्वा एक हप्ताअघि (२० सेप्टेम्बर २०१५) मात्र ९५ प्रतिशत जनप्रतिनिधिहरुद्वारा अनुमोदन गरिएको नेपालको संविधान क्रियाशील भएको जनाउनुहुँदै देशका केही असन्तुष्ट पक्षबाट त्यसको विरोध गरिनुका साथै खास गरी तराई क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना हुन गएको जानकारी दिनुभयो र संविधानमा रहेका त्रुटीहरु र असन्तुष्टीका कारणहरुलाई संशोधनको माध्यमबाट कःबोधन गर्दे संविधान परिष्कृत गरी त्यसको कार्यान्वयन सहज तुल्याइने विश्वास व्यक्त गनुभयो । विभिन्न राजनैतिक दहिरुले अब सैद्धान्तिक बखेडामा नअल्झिएर देश विकास कार्यमा एकजूट भएर लाग्नुपर्ने कुरामा विशेष जोड दिंनुभयो ।

रुस–नेपाल सहयोग तथा मैत्री समाजका प्रतिनिधि युल्दुज हाल्लिउल्लिनले आपूm काठमाडौंस्थित रुसी राजदूतावासमा कूटलीतिज्ञको हैसियतले कार्यरत रहँदा तत्कालीन नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलका सम्पूर्ण सदस्यहरुलाई रुसी राजदूतावासमा निम्ताउने सम्भावन पाएको र पछि पनि कैयौंपल्ट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्ने अवसर पाएको संस्मरण सुनाएका थिए ।
प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसंधान केन्द्रका उपप्रमुख फेलिक्स युर्लोभले जापानलगायत विश्वका कतिपय देशले विदेशीद्वारा लेखिएको संविधान अपनाएको र भारतमा पनि संविधान निर्माणमा ३ वर्ष लागेको उदाहरण दिंदै सार्वभौम नेपाली जनताले ७ वर्ष लगाएर भए पनि आपैmले तयार पारी लागू गरेको संविधान सार्वभौम चरित्रको छ भन्ने कुरामा जोड दिंदै देशका सबै राजनैतिक शक्तिहरुले मिलेर उत्पन्न समस्याहरु समाधान गरी नयाँ संविधानको कार्यान्वयनमा पनि सफलता प्राप्त गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुुभयो ।
अन्तरक्रिया कार्यक्रममा मास्कोका विभिन्न शिक्षण संस्थानका वैज्ञानिक कार्यकर्ता तथा शोधछात्रहरुका अतिरिक्त नेपालका तीन महिला नेतृहरुसँग अन्तरक्रिया कार्यक्रममा नेपाली राजदूतावासकी उपनियोग प्रमुख इन्दिरा अर्यालर सहचारी राधेश्याम दुबे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) मा महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्य महासंघ रुस शखाका अध्यक्ष), एनआरएनए रुसका अध्यक्ष दीनानाथ राजभण्डारी, उपाध्यक्ष डिल्ली खरेल सुमन, नेपाली छात्रसंघका अध्यक्ष उत्तम लामिछाने, रुस–नेपाल मैत्री संघका उपाध्यक्ष डा. मणिराज पोखरेल, रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य, मास्को सडकनिर्माण विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रकाश पौड्याल, विनोद यादवप्रभृति नेपाली प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
अन्त्यमा कुन कुरा पनि उल्लेखनीय छ भने रुस यात्राको क्रममा नेपालका तीन प्रमुख राजनैतिक दलहरुको प्रतिनिधित्व गर्ने महिला नेतृत्रयले केही सैद्धान्तिक प्रश्नहरुमा अन्तर हुँदाहुँदै पनि जुन प्रकारको पारस्परिक सौहार्दताको प्रदर्शन गरिएको थियो सो नेपालको वर्तमान परिप्रेक्ष्यमा निकै महत्वपूर्ण छ । नेपाली जनताले आपैmले दर्नाको नयाँ संविधानको कार्यान्वयनमा पनि नेपालका सबै राजनैतिक शक्तिहरुको तर्पmबाट यस्तै आपसी सौहार्दता कायम राखियो भने नयाँ नेपालको अवधारणाले अवश्यमेव मूर्त रुप पाउने छ ।
दिनाङ्क ः १ अक्टोबर २०१५ ।
मास्को, रुस महासंघ ।

प्रतिक्रिया