बसले ठक्कर दिँदा मृत्यु

इनेप्लिज २०७२ असोज १४ गते १५:५६ मा प्रकाशित

बनेपा, १४ असोज । बनेपाको पुल बजारमा आज सडकमा हिँडिरहेका एक जनालाई बसले ठक्कर दिँदा बनेपा–५ मा अस्थायी बसोबास गर्ने ९७ वर्षीय शम्भु नेपालको मृत्यु भएको छ ।

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७९७ नंको बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका नेपालको निधन भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपनिरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

घाइते नेपालको बनेपास्थित सिरमेमोरियल अस्पतालबाट थप उपचारका लागि भक्तपुर ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो ।

प्रतिक्रिया