चितवन १४ असोज । बजारमा ग्यासको अभाव भएको मौका छोपी कालो बजारी गर्ने भरतपुरका दुई व्यापारीलाई स्थानीय प्रशासनले आज पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माका अनुसार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–१० का ध्रुव पौडेल र कृष्णप्रसाद सापकोटा छन् । उनीहरूले प्रतिसिलिन्डर रु पाँच हजारमा ग्यास बिक्री गरेको पाइएपछि पक्राउ गरी कारबाही अघि बढाइएको उहॉले बताउनुभयो ।
प्रतिक्रिया