विष सेवनबाट दुई छात्राको मृत्यु

इनेप्लिज २०७२ असोज १४ गते १५:२८ मा प्रकाशित

poisne-harekpalरामेछाप, १४ असोज । जिल्लाको हिमगङ्गा उच्च मावि साँघुटारको कक्षा १० मा अध्ययनरत दुई छात्राको विष सेवनका कारण आज साँझ मृत्यु भएको छ ।

विद्यालयको खाजा समयमा दुवैजनाले विष सेवन गरेको र उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गर्दा बाटोमै नै मृत्यु भएको हो ।

शिक्षक गणेश बख्रेलकाअनुसार कक्षा १० मा अध्ययनरत दुवै छात्रा साँघुटार गाविस–४ की १६ वर्षीय रीता श्रेष्ठ र ओखलढुङ्गा एसम गाविस–१ की १७ वर्षीया टीकामाया बुढाथोकीले दिउँसो खाजा समयमा साँघुटार बजारमा पुगेर नोभान नामको विषादी किनेर नजिकैको चौतारामा बसेर सेवन गरेका थिए । विष सेवन गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् ।

प्रतिक्रिया