दुर्घटनामा तीनको मृत्यु

इनेप्लिज २०७२ असोज १४ गते १५:०९ मा प्रकाशित

accident-signगजुरी (धादिङ), १४ असोज । सडकमा दुर्घटना भएको एउटा माइक्रोबसलाई अत्यधिक गतिमा गुडेको टिपरले आज साँझ महादेबबेंसीमा ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ४८२७ नं को टिपरले केही बेरअघि बा २ ख ४१३१ नंको माइक्रोबसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
बिग्रेको गाडीलाई ठक्कर दिँदा महादेबबेंसीस्थत सडकमा रहेका तीन पुरुषको मृत्यु भएको थियो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक प्रहरी समेत छन् । घाइतेको उद्धार गरी काठमाडौँस्थित वीर अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया