बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०१:०१
वासिङटन डिसी 14:16

टोकियो स्थित भारतीय दूतावासमा नेपालीहरुको विरोध प्रदर्शन (फोटो फिचर/भिडियोहरु)

इनेप्लिज २०७२ असोज १४ गते १०:४५ मा प्रकाशित

Nepali-Community-Japan-4भारतीय हस्तक्षेप तथा सिमा नाकावन्दीको विरोध गर्दै जापानवासी नेपालीहरुले विहिवार विहान टोकियो स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका छन ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानवासी नेपालीहरुको बृहत टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो । टोकियो कुदानसिता स्थित दूतावास कार्यालयमा नेपाली झन्डा तथा ढाका टोपीमा सजिएका नेपालीहरुको टोलीले जापानका लागि भारतीय राजदूत दीपा गोपालन वाधवा मार्फत विरोधपत्र बुझाईएको हो ।

Nepali-Community-Japan-8भारतिय राजदुताबास अगाडी थुप्रै नेपाली उपस्थित थिए । कार्यक्रमको संयोजकत्व एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै भट्टले नेपाल प्रती यती धेरै सदभाव राखेर कार्यक्रम सम्म आउने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बोल्दै भट्टले हामीले आज शान्तिपुर्ण रुपमा ज्ञापन पत्र मात्र बुझाइएको र परेको खण्डमा धर्ना , आन्दोलन सम्म गरिने जानकारी भारतिय दुतावासलाई दिएको बताउनुभयो । नेपाल प्रती भारतले देखाएको नराम्रो कृयाकलाप तत्काल बन्द गर्न आग्रह गरिएको छ । नेपाल र भारत छिमेकी देश हो । छिमेकिले अर्को छिमेकिको कुभलो हुने काम तत्काल बन्द गर्न समेत आग्रह गरिएको छ ।

Nepali-Community-Japan-5 Nepali-Community-Japan-2 Nepali-Community-Japan-13

 

प्रतिक्रिया