बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:१६
वासिङटन डिसी 08:31

एन आर एन अमेरिकाले बुझायो ज्ञापन पत्र

इनेप्लिज २०७२ असोज १४ गते ३:५८ मा प्रकाशित

IMG_4113

गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एन आर एन , अमेरिकाको एक टोलीले आजै संयुक्त राष्ट्र संघको साधारण सभामा भाग लिन अमेरिका आउनु भएका उप प्रधान मन्त्री प्रकाश मान सिंह र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई भेटेर विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । उक्त अवसरमा परराष्ट्र सचिव शंकर वैरगी, महामहिम राजदूत डा. अर्जुन कार्की , संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा भट्टराई , महा वाणिज्य दूत नारायण मैनाली र संयुक्त राष्ट्र संघका लागि नायव स्थायी प्रतिनिधि सेवा लम्सालको समेत सम् उपस्थिति रह्यो । ज्ञापन पत्रमा यी विविध मागहरुलाई राखिएको छ ।
१. बिशेष नागरिकता सम्बन्धमा: नेपाल संबिधान २०७२ ले पारित गरे अनुसार अमेरिकन नेपाली ले अब नेपालको बिशेष नागरिकता पाउन सक्नेछन | यसको लागि आवेदक “एनआरएन – अमेरिका” को सदस्य हुनुपर्ने र बिशेष नागरिकताको लागि एन आर एन अमेरिकाले सिफारिस गर्नुपर्ने |
२. अन्तरक्रियाको कार्यक्रम सम्बन्धमा: नेपालबाट नेपाल सरकारको प्रतिनिधित्व गरेर अमेरिका आउने उच्च पदाधिकारी तथा राजनेता संग अन्तरक्रियाको कार्यक्रम राख्दा “एनआरएन – अमेरिका” को आयोजनमा गर्ने र गराउने |
३. कुटनीतिक छलफलमा सहभागी गराउने: नेपाल सरकार र अमेरिकी सरकारका प्रतिनिधि बीच अमेरिकाका नेपालीहरुको तथा नेपालको विकास योजनाहरुको बारेमा वा अन्य एनआरएनको उदेश्य संग मेल खाने बिषयमा हुने कुटनैतिक छलफलमा “एनआरएन – अमेरिका लाइ सहभागी गराउने |
४. सहकार्य: अमेरिकामा सांस्कृतिक, धार्मिक, भाषिक, साहित्यिक, सैक्षिक तथा अन्य गैर्ह राजनीतिक कार्यक्रममा नेपाल सरकार संग एनआरएन – अमेरिकाले सहकार्य गर्ने |
५ . जनसंख्याको आधारमा बढी जन घनत्व भएका राज्यहरुमा नेपाल कन्सुलेटको कार्यालय स्थापना हुनु पर्ने ।
उक्त टोलीमा एन आर एन , अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , क्षेत्रीय उपाध्यक्ष वन्दना कोइराला, महा सचिव तिलक श्रेष्ठ , वोर्ड अफ डायरेक्टरहरु मोहन ज्ञवाली ,सुर्य लम्साल , हरिश हमाल , विष्णु मान प्रधान , विजनेस टास्क फोर्सका चेयर कुंगा शेर्पा , न्युयोर्क च्याप्टरका सचिव राम हरि अधिकारी र च्याप्टर युवा संयोजक सुमन हुमागाईं पनि समावेश थिए । उप प्रधान मन्त्री प्रकाश मान सिंह ले सम्पूर्ण मागहरुलाई सम्बोधन गर्ने आश्वासन समेत दिनु भएको थियो साथै एनआरएन सरकारको सहयोगी संस्था भएकोले सरकारले सधैं सहकार्य गर्ने सरकारको निति रहेको कुरामा जोड दिंदै एनआरएनको नेपालमा हुने ग्लोबल कन्फरेन्समा भेट्ने र अझ विस्तृत छलफल गर्ने विचार पनि ब्यक्त गर्नु भयो।

IMG_4112

प्रतिक्रिया