बेनीमा बर्खेनाचबाट करिब पाँच लाख आम्दानी

इनेप्लिज २०७२ असोज १४ गते ३:०९ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १४ असोज । म्याग्दी सदरमुकाम बेनीमा एक महिनासम्म प्रदर्शन गरिएको बर्खेचानबाट करिब रु पाँच लाख आम्दानी भएको छ ।

नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामः पुचःको मूल आयोजनामा बेनीमा सञ्चालन गरिएको बर्खेनाचमा समावेश गरिएको जोगीनाँचबाट सो आम्दानी भएको हो ।

गत साउन २९ गते घण्टाकर्ण चर्तुदशी पर्वदेखि हरितालिका तीजको दिनसम्म बेनीमा बर्खेनाच देखाएको थियो । नाच देखाएर भएको आम्दानीमध्ये विभिन्न नाच देखाउने क्रममा रु दुई लाख ९० हजार खर्च भएको ल्याम पुचका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

बर्खेनाचअन्तर्गत जोगी, लाखे, घोडा, नागानागिनी, गोरु, रोपाइँलगायतका नाच देखाएको थियो । आम्दानीमध्ये रु २० हजार बेनीमा सञ्चालन हुन लागेको दोस्रो दोभान कपलाई समेत सहयोग गरिएको छ ।

बचत भएको रकममध्येबाट विभिन्न नृत्यसम्बन्धी नयाँ पुस्तालाई तालिम प्रदान गर्ने, वाद्यबादनका सामग्री, साउन्ड सिस्टमलगायतका सामग्री खरिद गरिने ल्यामः पुचःका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया