एनआरएनए कोष पारदर्शी, बैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउन मेरो उम्मेदवारी :कोषाध्यक्ष पदका उम्मेदवार राजेन्द्र शिवाकोटी

इनेप्लिज २०७२ असोज १४ गते १:११ मा प्रकाशित

Rajendra-Siwakoti

अमेरिकाको क्यालिफोर्नियामा लामो समय देखि बस्दै आएका पेशाले नै दर्तावाल लेखा परीक्षक राजेन्द्र शिवाकोटीले गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छन् l

काठमाडौँमा हुने विश्व सम्मेलन नजिकिदै गएको अवस्थामा कोषाध्यक्ष पदमा उम्मेदवार दिने क्रम बढ्दो छ l र ,उनि भन्छन ,आफुले ८ बर्ष बैंक ,१३ बर्ष लेखा ,एनआरएन एनसीसी अमेरिकाको कोषाध्यक्ष हुदै आइसीसी सम्मको बटुलेको अनुभव आईसीसीको हितमा सदुपयोग गर्न सकिने भएकोले म यो पदको लागि आफु योग्य ठानेकोले यो पद मै उम्मेदवारी दिएको बताए l

प्रतिस्प्रद्धा निकै कडा हुने अवस्था सिर्जना हुदै छ भन्ने सवालमा निर्वाचनको मैदानमा लड्ने मानसिकता राख्नेले यो कुरामा भयभित हुनु हुन्न भने l चुनाबमा एउटाको जित र अर्काको हार हुन्छ lयस्ता अनुभव आफुले बिगतमा झेलेकोले यो कुरा चुनाब सकिन साथ अध्याय समाप्त हुन्छ भने l

rajndra siwakotiहारिने डरमा आफ्नो चिन्ता नरहेको बताउदै आफुले सबै संग सल्लाह र परामर्श गरि उम्मेदवारी दिएको हु l आफुले पनि निकै मेहनत गरि रहेकोमा मलाई मेरो अनुभवको मुल्यांकन एनआरएन अभियानमा होमिएका सबैले एक पटक घोत्लिनु हुन्छ भन्ने आफुलाई लागेको बताए l मेरो उम्मेदवारीलाई सकारात्मक ग्रहण गर्दै बिजयी गराउन सहयोग गर्नु हुनेछ भन्ने विश्वास लागेको बताए l

चुस्त लेखा प्रणालीको विकास ,सामुहिक नेतृत्व र संस्थापन विकास ,व्यवस्थित बैदेशिक रोजगार ,आत्मनिर्भरता र पारदर्शिता विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरण ,मात्री भुमि निर्माण ,राजनीति प्रभाव बाट मुक्त मुख्य मुद्धाहरु रहेको स्पस्ट धारणा शिवाकोटीले राखेका छन् l

संघको अन्तराष्ट्रिय परिषद सदस्य पदमा निर्वाचित भए लगत्तै संघको अमेरिका ब्यापी संगठन बिस्तार र अमेरिकामा देखिएको समस्याको पहिचान गरि कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका राजेन्द्र शिवाकोटी अमेरिकामा माझ विवाद रहित नेताका रुपमा चिनिन्छन l

आफ्नो प्रचार तथा प्रसारमा निकै अगाडी पुगेको बताउदै सकारात्मक प्रतिक्रिया पनि आउन थालेकोमा आफु उत्साहित भै रहेको राजेन्द्र शिवाकोटीले जानकारी गराए l

rajendra siwakoti 2

प्रतिक्रिया