पूर्वका नौ जिल्ला नटुक्रयाउन लिम्बूवान पार्टीको माग

इनेप्लिज २०७२ असोज १३ गते १५:३६ मा प्रकाशित

9-jillaकाँकडभिट्टा (झापा), १३ असोज । सङ्घीय लिम्बूवान पार्टी नेपालले झापा, मोरङ र सुनसरीसहित अरुण पूर्वका नौ जिल्लाको लिम्बूवान भूभागलाई कुनै हालतमा टुक्र्याउन नपाइने धारणा सार्वजनिक गरेको छ ।

पार्टीका नेताहरूले आज झापाको विर्तामोडमा सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर लिम्बूवान टुक्र्याउन नदिने घोषणा गरेका हुन् ।

पार्टीका अध्यक्ष कुमार लिङ्देनले तत्काल संविधान संशोधन गरेर २०६४ साल फागुन १८ र चैत ५ गते सरकार र लिम्बूवानका राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न माग गर्नु भएको छ ।

पार्टीका नेता तथा पाँचबुँदे सहमतिका हस्ताक्षरकर्ता सञ्जुहाङ पालुङ्वाले भारतको नाकाबन्दीको दबाबमा परेर झापा, मोरङ र सुनसरी जिल्लालाई मधेस प्रदेशमा मिसाइएमा अहिले मधेसमा चलेको भन्दा भीषण आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया