आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:२९
वासिङटन डिसी 02:44

कर्पोरेट क्रिकेटको उपाधि सिप्रदी ग्रुपलाई

इनेप्लिज २०७२ असोज १३ गते १५:३० मा प्रकाशित

cricket-bat-and-ball-310x210काठमाडौँ, १३ असोज । सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेज् क्रिकेट प्रतियोगिताको उपाधि सिप्रदी ग्रुपले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा आज भएको फाइनल खेलमा सिप्रदीले नविल बैंकलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको सिप्रदीले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ७९ रन बनायो । जवाफी ब्याटिङमा आएको नविलले पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।

सिप्रदीलाई जित दिलाउन शैलेन्द्र नेपालीले ३१, दीपेश श्रेष्ठले १९ तथा सावन्त सिजापतिले १६ रनको योगदान दिए भने चिरन थापाले ३ विकेट लिए ।

नविलका अमित पोखरेलले ४० र भुवन श्रेष्ठले १७ रन बनाएर विशाल थापाले १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

प्रतियोगितामा सिप्रदीका शैलेन्द्र सर्वोत्कृष्ट खेलाडी, नविलका अमित उत्कृष्ट ब्याट्सम्यान तथा सबभन्दा धेरै छक्का बर्साउने खेलाडी भए ।

त्यस्तै, सिप्रदीकै चिरन उत्कृष्ट बलर र दीपेश उत्कृष्ट विकेटकिपर तथा सुरज तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।

विजेता, उपविजेता टोली तथा सबै उत्कृष्टलाई ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरियो ।

प्रतिक्रिया