सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:५४
वासिङटन डिसी 21:09

लस एन्जल्समा स्वामी आत्मानन्द गिरीजी महाराजको प्रवचन, केहिदिन अगाडी पशुपतिमा हलिवुडका कलाकारद्वारा अवलोकन

इनेप्लिज २०७२ असोज १२ गते २२:४१ मा प्रकाशित

p8

लउपेन्द्र सापकोटा
लस एन्जल्स, २८ सेप्टेम्बर / श्री पशुपतिनाथ फाउन्डेसन युएसएले गर्दै आइरहेको मासिक सत्संग कार्यक्रम यस पटक श्री १००८ अनन्तश्री विभूषित,महामन्दालेश्वोर, गलेश्वोर पिठाधिश स्वामी आत्मानन्द गिरीजी महाराजको प्रवचन तथा रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्ने पुरुषोतम सापकोटाले स्वमिजिको बारेमा परिचय गराउदै आकर्षक रूपमा सम्पन्न भयो । प्रवचन र सत्संगको समिश्रण रहेको धार्मिक कार्यक्रममा स्थानीयहरु मन्त्रमुग्ध भएर सुनीरहेका थिए । कार्यक्रमको अवधिमा स्वामीजीलाई लस एन्जल्स क्षेत्रका स्थानीय पण्डितहरुले साथ दिनु भएको थियो । रातको दश बजेसम्म चलेको कार्यक्रमको प्रायोजन अनिल के.सि. र तृप्ता के.सीले गर्नु भएको थियो ।
सत्संग भन्नाले संस्कृत भाषा अनुसार (सत्=सत्य र संग=संगति) भन्ने शब्द मिलेर बनेको हो ।

p9जुन परम सत्य छ, आफ्नो गुरु वा धेरै व्यक्तिहरू मिलेर गरिने सभा जहाँ सत्य सुनिन्छ, सत्यको कुरा हुन्छ र सत्यलाई आत्मसात गरिन्छ । प्रदेशमा रहेर आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नको लागि यसरी गरिने सत्संग कार्यले ठुलो भूमिका खेलेको हुन्छ । निश्चित रूपमा अमेरिकाको भागदौडबाट बिस्राम लिँदै साथी-संगी मिलेर सत्संग गाउनु दिनभरको थकाइ मेटाउने आधार र भेटघाटको थलो समेत बनेको छ । कार्यक्रमको समाप्ति पश्चात् सहभागीहरुले यसरी नै प्रवचन र सत्संगका कार्यक्रम गर्दै जाने हो भने निश्चित रूपमा नै हाम्रो धर्म र संस्कृतिको संरक्षण गर्न सकिने बताएका थिए ।

p7
प्रवचन हुने भन्दा एक दिन अगाडी Raja Kingsley Brooks, Dr. Leslie Brooks र हलिवूडकि नायिका Bojana Novakovic लाई पशुपतिको भ्रमण गराइएको थियो । आधिकारिक रूपमा कार्यक्रम गर्न पाउने स्वीकृति सँगै प्रवचन, सत्संग लगायत अन्य क्षेत्रका व्यक्तिहरूमा समेत हाम्रो कला र संस्कृतिको बारेमा जानकारी प्रदान गर्दा आगन्तुकहरुले बडो चासो पूर्वक जानकारी लिएका थिए । फोटो:चक्रपाणि मिश्र

p3 p2

p4

प्रतिक्रिया