स्टोनिया र नेपालका विदेशमन्त्रीबीच भेटवार्ता

इनेप्लिज २०७२ असोज १२ गते ५:०२ मा प्रकाशित

Rss_Images_1443497462622_scb-ktm-fm mahendra bahadur-meetsन्युयोर्क (अमेरिका), १२ असोज । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र स्टोनियाका विदेश मन्त्री नारिना काल्जुरनबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिनु आउनुभएका दुवै विदेशमन्त्री बीच भएको सो भेटवार्तामा दुईपक्षीय सम्बन्ध एवम् सहयोग विस्तारका बारेमा छलफल भएको थियो ।

नेपालमा संविधानसभाबाट लोकतान्त्रिक एवम् समावेशी संविधान जारी भएकोमा स्टोनियाका विदेश मन्त्रीले नेपाल र नेपालीलाई बधाई दिनुभएको थियो ।

साथै उहाँले नेपालसँगको सम्बन्ध एवम् सहयोगको क्षेत्र विस्तार गर्नेबारेमा चासो राख्नुभएको थियो । परराष्ट्रमन्त्री पाण्डेले संविधानसभाबाट समावेशी संविधान जारी भएको र संविधान जारीसँगै मुलुक शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया