स्विजरल्याण्ड स्थित भारतीय दूताबास अगाडि नेपाली झण्डासहित प्रदर्शन (फोटो फिचर)

इनेप्लिज २०७२ असोज ११ गते २३:०१ मा प्रकाशित

viber imageस्विजरल्याण्ड – भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै सोमबार स्विजरल्याण्डमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी आबद्ध भ्रातृ संस्थाका कार्यकर्ताहरुले नेपालको राष्ट्रिय झण्डा हातमा लिएर स्विजरल्याण्डको राजधानी बर्नमा रहेको भारतीय दुतावास अगाडी बिरोध प्रदर्शन गरेका छन् ।

viber image 1भारतीय विस्तारबादको नेपाल खाने दाउ रहेकोले त्यो दाउलाई उल्टाइदिन सबै प्रबाशी नेपालीहरु भारत बिरुद्द एकजुट हुनुपर्ने भन्दै स्विजरल्याण्डमा रहेका नेपालीहरुले राजधानी बर्नमा प्रदर्शन गरेका हुन् । भारतीय हस्तक्षेपको विरोध गरौं, सम्पूर्ण राष्ट्रबादी नेपाली एक होऔँ, भारतीय बिस्तारबाद मुर्दावाद जस्ता विभिन्न नाराबाजी गर्दै नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ र नेपाली ऐक्यबद्धता मञ्चको अगुवाइमा प्रदर्शन गरिएको हो |

12033564_1139674636061662_878489369_n

अघोषित रुपमा नाकाबन्दी गरेर भारतले अन्तराष्ट्रिय पारवहान सन्धि बिरुद्ध काम गरिरहेकाले अघोषित नाकाबन्दीका बिरुद्ध भारतीय दुतावासमा ज्ञापनपत्र बुझाईएको नेपाली ऐक्यबद्धता मञ्च स्विसका अध्यक्ष अच्युत फुयाल ले बताउनु भयो । कार्यक्रमममा जनसम्पर्क समिति का अध्यक्ष राम महतो र प्रबाशी नेपाली मंचका अध्यक्ष संजय मुडवरीले नेपाल स्वाधिन राष्ट्र भएकाले भारतले नेपालमाथि ठाडो निर्देशन दिने अधिकार नभएको हुँदा भारत सरकार लाई दबाब दिने हेतुले भारतीय दुतावास आएको जानकारी दिनुभयो ।

12053156_1139674696061656_1667838172_n

नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामाथि भारतको नांगो हस्तक्षेप स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई स्वीकार्य नहुने भन्दै विभिन्न राजनीतिक दलका भात्री संगठनहरु बिरोध सभामा एकजुट भएका हुन् ।

प्रतिक्रिया