आर्यन सिग्देलसँग डेटिङ जाने धोको छः मोडल शोभा

इनेप्लिज २०७२ असोज ११ गते ११:०५ मा प्रकाशित

Shova-bhandari-2-421x600काठमाडौं । काठमाडौं गोगंबुकी हुन् मोडल शोभा भण्डारी । नेपाली मोडलिङ क्षेत्रमा एक वर्ष अघि मात्रै प्रबेश गरेकी उनी छोटो समयमै सफलता हात पार्न सफल भएकी छन् । हालसम्म ९ वटा म्युजिक भिडियो र दुई वटा सट मूभिमा अभिनय गरेकी मोडल शोभा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रखला हर्के हवल्दारमा मैनाको रुपमा समेत अभिनय गरिरहेकी छन् । यसका साथै उनले देशका बिभिन्न स्थानमा स्टेच समेत तताईसकेकी छन् । केही दिनअघि मात्र उनले मोरङको पथरी, सुनसरीको इटहरी, धादिङ लगायतका क्षेत्रमा भएका कार्यक्रममा स्टेच तताएकी हुन् । उनी भन्छिन् – धेरै संघर्ष पछि आज यो स्थानमा आएको छु, भबिश्य सम्मै मोडलिङलाई नै निरन्तरता दिनेछु । सानैदेखी मोडल बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएकी उनी साथीभाई र परिवारको प्रेरणाले झनै उत्साहित छिन् । मोडलिङ क्षेत्रमा लागेको एकवर्षको अनुभव सुनाउँदै उनले भनिन् – यस क्षेत्रमा लागिपर्यो भने नाम पनि छ अनि दाम पनि । उमेरले ठूलो भएपनि नायक आर्यन सिग्देलसँग डेटिङ जान मन रहेको बताउँदै शोभाले भनिन्- कसैले डेटिङको प्रस्ताव राखे सोच्न बाध्य हुने बताईन् । सेक्स सबैको जिवनमा अनिवार्य रहेको उनले धारणा छ । अहिलेसम्म कसैको पनि मायाप्रेममा नफसेकी बताउने उनलाई उमेर नै यही समयको भएको बताउँदै प्रेम प्रस्तावको भने ओईरो लाग्ने बताउँछिन् । उनी भन्छिन् – अहिले करियर बनाउनमै ब्यस्त रहेको छु, प्रेमतिर त ध्यानै छैन । प्रस्तुती – सुमन घिमिरे/तस्विर – गोपाल चित्रकार

Shova-bhandari-2-421x600 Shova-bhandari-3-494x600

प्रतिक्रिया