Fwd: एनआरएनएको भवन निर्माणका लागि खरिद गरिएको जग्गा गुठी लागेको जग्गा होईन – शेष घले

इनेप्लिज २०७२ असोज ११ गते १०:५४ मा प्रकाशित

unnamed२७ सेप्टेम्बर | गैरआवासिय नेपाली संघको ४८ औ आईसीसीको आज बसेको साईबर बैठकमा गैरआवासिय नेपाली संघको भवन निर्माणका लागि खरिद गरिएको जग्गा गुठी लागेको जग्गा हो कि भनी उठेको प्रश्नलाई प्रष्ट पार्दै गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले भन्नुभयो – हामीले भवन निर्माणका लागि खरिद गरेको जग्गा कुनै पनि समस्यामा मुछिएको जग्गा होईन, बिभिन्न संचार माध्यमबाट यो जग्गामा उजुरी आएको छ र यो गुठी लागेको जग्गा हो भनि प्रचार प्रसार गरिएको कुरा सत्य नभएको र गुठी लागेको जग्गा पास हुन् नसक्ने ब्यबस्था नेपालमा हुदा हुँदै पनि यसरी गलत समाचार प्रचार प्रसार भएकोमा आफुलाई दुख लागेको कुरा बताउनु भयो| घलेले यो जग्गा किन्नु अघि व्यक्तिगत रूपमा आफैले सबै कागतपत्रको अध्ययन गरेको कुरा उल्लेख गर्दै आज सम्म कुनै पनि व्यक्ति, संस्था वा अदालतबाट गैरआवासिय नेपाली संघको नाममा कुनै उजुरी आएको छैन र आउने पनि छैन –  श्री घलेले भन्नुभयो|

गैरआवासिय नेपाली संघको भवन निर्माणका लागि खरिद गरिएको सो जमिन गैरआवासिय नेपाली संघको नाममा पास भै  भएको छ र सम्पूर्ण कानूनी कागजात संस्थाको नाममा भएको कुरा प्रष्ट पार्नुभयो | केहि महिना अघि गैरआवासिय नेपाली संघले बालुवाटारमा संस्थाको भवन निर्माणको लागि ३ रोपनी जग्गा खरिद गरेको थियो |  आईसीसीको ४८ औ साईबर बैठकमा अन्य विषयहरूमा पनि छलफल भएको थियो |

प्रतिक्रिया