नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सबै पक्ष लाग्नुपर्छ : मन्त्री पण्डित
काठमाडौँ, १० असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पर्यटन नेपालको अर्थतन्त्रको आधार रहेकाले पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा छिरिङमा टे«क्स एण्ड एक्स्पिडिसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेकाले यसलाई विशेष महत्वका साथ अघि बढाउने बताउँदै पुनःनिर्माणका क्रममा पर्यटन क्षेत्रलाई अझै व्यवस्थित बनाउनेमा जोड दिनुभयो ।
मन्त्री पण्डितले विश्वमा कहीँ पनि सर्वसम्मत संविधान जारी नभएको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताअनुसार संशोधन हुने किसिमको नेपालको संविधान जारी भएको दाबी गर्नुभयो ।
संविधानको विषयमा ठीक ढङ्गले नबुझेकाले संविधानको विरोधमा आन्दोलन भइरहेको भन्दै उहाँले भन्नुभयो– “आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न सकिँदैन ।”
नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले पर्यटन क्षेत्रको मेरुदण्ड पर्वतारोहण भएकाले यसको पुनःउत्थानका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र रोजगारी सिर्जना गर्ने यो क्षेत्रलाई अगाडि बढाउन आफूहरु लागिपरेको बताउनुभयो ।
कार्यक्रममा पर्वतारोही याङ दन शेर्पा, आङ फुर्वा, नोर्बु शेर्पालगायतलाई सम्मान गरिएको थियो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया