मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:२२
वासिङटन डिसी 17:37

सशस्त्र प्रहरीसँग मोरङको लज्जास्पद हार

इनेप्लिज २०७२ असोज १० गते ०:३९ मा प्रकाशित

unnamed

 

 

 

 

 

 

 

 

 

 

 

 

 

असोज ९गते ।

मोरङ फुटबल क्लव विरुद्ध ४–१ को जीत दर्ता गर्दै शसस्त्र प्रहरी बल (एपीएफ) ले रेड बुल राष्ट्रिय लिगको होम एण्ड अवे अन्तरगत मोरङको लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा शनिबार भएको खेलमा ३ अंक जोडेको छ । मोरङ विरुद्ध स्पष्ट जीत निकाल्दा शसस्त्र प्रहरीका गणेश लावतीले ह्याट्रिक पुरा गरे ।

unnamed

थ्रि स्टार क्लबसँग बिहीबार भएको खेलमा पराजित भएपछि मोरङ ११ का अफिसियल सहित खेलाडी र दर्शकले रेफ्रि माथि हातपात गरेका थिए । सोही कारण मोरङका अग्रपक्तिका तीन खेलाडी एन्फाको कारबाहीमा परेका छन् । आशलाग्दा खेलाडी कारबाहीमा परेपछि आज मोरङको खेल फिक्का देखिएको थियो ।

unnamed

 

 

 

 

 

 

 

 

 

खेलको आरम्भ देखि नै एकपक्षीय खेल खेलेको सशस्त्र प्रहरीले २१ औ, ४३ औं र ४७ औ मिनेटमा  कप्तान गणेश लावतीले एपीएफका तफ बाट गोल गरे । अन्जान विष्टले ६६ औं मिनेटमा थप अर्को १ गोल थपेपछि घरेलु दर्शक निरास बनेर घर फर्कन थालेका थिए । तर, दर्शकहरू मैदानबाट बाहिरीएपछि मोरङका निशान लिम्बूले ८४ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

आजको खेलमा सशस्त्र प्रहरीका गणेश लावती म्यान अफ द म्याच घोषित भए । मोरङका राम्रा खेलाडीहरु नभएका कारण हाम्रो सजिलै जित सहज भएको एपीएफका प्रशिक्षकले बताए ।

 

 

 

प्रतिक्रिया