तराईका समस्या समाधान गर्न वार्ता संवादलाई जोड दिनुपर्ने

इनेप्लिज २०७२ असोज ९ गते १२:३८ मा प्रकाशित

काठमाडौँ, ९ असोज । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच संविधान जारी भएपछिको मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ ।

नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भएको छलफलमा मुलुकमा देखिएको समस्यालाई तत्काल हल गरी संविधानको सहज कार्यान्वयन गरेर जाने विषयमा कुराकानी भएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

तराई मधेसमा देखिएको समस्या समाधान गर्न वार्ता र सम्बादलाई नै विशेष जोड दिनुपर्ने र त्यसका लागि तत्काल पहल गर्नुपर्नेमा दुई नेताबीच सहमति भएको बुझिएको छ ।

मुलुकको समस्या समाधान गर्न कुनै पनि अर्थमा कन्जुस्याईं गर्न नहुने र कसैको दबाबमा परेरभन्दा पनि मुलुक, जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने विषयमा नै छलफल केन्द्रित रहेको थियो ।

प्रतिक्रिया