आस्था राउत र निमा रुम्बाले डिसी घन्काए

इनेप्लिज २०७२ असोज ९ गते १२:२० मा प्रकाशित

manasasडिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा भएको नेपालकी चर्चित युवा पप गायिका आस्था राउत तथा प्रख्यात गायक निमा रुम्बाको सांगीतिक साँझ धमाकाधार प्रस्तुतिका साथ सफलता पुर्वक सम्पन्न भएको छ l

नेपालका प्रसिद्ध गायक ,गायिका ,नायक तथा नायिका आस्था राउत ,निमा रुम्बा ,दिलिप रायमाझी तथा अरुणिमा लम्सालको बेजोड गित तथा नृत्य प्रस्तुतिले दर्शकले मन थाम्न  नसकी उनीहरुलाई साथ दिदै झुम्दै नाच्दै स्वरमा स्वर मिलाई साथ दिएका थिए l

IMG_2832

कार्यक्रममा सुरुवात म त मर्छु कि क्या हो भने चर्चित गितमा नायिका अरुणिमा लम्साल तथा स्थानीय कलाकार सागर मोक्तानको साथमा नृत्य गरेकी थिईन l

आस्था रावतले आफ्ना लोकप्रिय गीतहरु चौबन्दीमा पटुका , खै त मलाई झुम्के बुलाकी , मलाई म जस्तै माया चाहिन्छ ,माया को माया जस्ता चर्चित गितमा धमाकादर प्रस्तुति गर्दै दर्शकलाई खुब मनोरंजन दिलाई नचाएकी थिइन् l

IMG_2754निमा रुम्बाले पनि आफ्ना अत्यधिक चलेका गीतहरु साँझमा पनि रातमा पनि , तिमीलाई राखी सकेको छु ,प्रियसी , आउ आउ न जस्ता गित गाउँदा दर्शक तथा साना साना बालबालिका समेत मंच मै गै उनि संगै झुमेका थिए l

झन्डै २ सय भन्दा ज्यादा नेपाली चलचित्रमा अभिनय गरि सकेका नायक दिलिप रायमाझीले मलाई मेरो मायालुको मात लाग्यो गीतमा नृत्य प्रस्तुति गरेका थिए l नायिका अरुणिमा लम्साल संग घरमा छे एउटा चिटिक्क परेकी प्यारी भन्ने गितमा नृत्य प्रस्तुति गरेका थिए l

IMG_2709आस्था राउत तथा निमा रुम्बा को साथ दिलिप रायमाझी नामकरण गरिएको शुक्रबार सांस्कृतिक साँझमा उठेको सम्पूर्ण रकम भूकम्प पिडित क्षेत्रका बिद्यालयको लागि पुनर्निर्माणमा खर्च गरिने आयोजकका तर्फबाट बुद्ध लामा तथा सन्दिप लामाले जानकारी दिएका छन l र कार्यक्रम संचालन अर्चना मानन्धरले गरेकी थिईन l

IMG_2835 IMG_2741 IMG_2761

IMG_2942 IMG_2923 IMG_2899 IMG_2930

IMG_2780 IMG_2718 IMG_2816 IMG_2803 IMG_2696

प्रतिक्रिया