शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:४९
वासिङटन डिसी 10:04

किन गरे बाबुरामले एमाओवादी परित्यागको घोषणा ?

इनेप्लिज २०७२ असोज ९ गते १०:२८ मा प्रकाशित

Baburam Bhattaraiकाठ्माडौँ, ९ असोज । पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका छन् ।

शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । यससँगै बाबुराम र प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ ।

भट्टराईले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको  प्रचण्डलाई जानकारी गराएका छन् । भट्टराईले नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा पुगिनसकेको बताए । उनले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने बताए ।

एमाओवादी फर्कने वा अर्को पार्टीमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टराईले भने–‘पुरानो घर, भत्किएको घर र छोडेको घरमा जाने कुरा हुँदैन ।’

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो ।

गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् । भट्टराईले आफू देश र जनताको सेवामा भने रहिरहने बताए । उनले आफ्नो पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने उनको पहिलो प्रतिवद्धता छ । समावेशी र समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सदाचार उनका अन्य प्रतिवद्धता छन् ।

प्रतिक्रिया