बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:१३
वासिङटन डिसी 22:28

काँग्रेसका युवा नेता रायमाझीको जीवनरक्षाका लागि सहयोग गर्न आह्वान

इनेप्लिज २०७२ असोज ८ गते १६:५४ मा प्रकाशित

11231854_928244150575609_8048762218764127446_n

कलेजो (लिभर)ले काम गर्न छाडेपछि नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री एवं नेपाली काँग्रेसका युवा नेता उमेशजङ्ग रायमाझी यतिबेला सिकिस्त बिरामी पर्नु भएको छ । अहिले रायमाझीको जीवन रक्षाका लागि विश्वव्यापी अभियान नै सञ्चालन भएको छ ।

अहिले अमेरिका, अष्ट्रेलिया, बेल्जियम, स्पेन, डेनमार्क लगायतका मुलुकमा संकलन भईरहेको छ । अमेरिकामा रायमाझीको जीवनरक्षाका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीको अगुवाईमा अभियान शुरु भएको छ । रायमाझी नेपाली लोकतान्त्रिक आन्दोलनका सक्रिय नेता हुनुहुन्छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण विश्वभरबाट आर्थिक सहयोग संकलन अभियान नै शुरु गरिएको हो । कलेजो प्रत्यारोपणका लागि पैसाको जोहो गर्न नसक्दा उहाँ घरमा नै रहनु भएको छ । उहाँको कलेजो प्रत्यारोपणका लागि झण्डै दुई करोड लाग्ने अनुमान गरिएको छ ।

रायमाझी अहिले जीवन मरणको दोसाँधमा हुनुहुन्छ । उहाँलाई पूर्ण स्वस्थ हुनका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले प्रत्यारोपण गर्न तपाईं हाम्रो सहयोगबाट मात्र सम्भव छ । त्यसैले काँग्रेसका युवा नेता रायमाझीको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष केसीले आह्वान गर्नुभएको छ । उहाँले यो..https://www.gofundme.com/f94vnrqe .लिङ्कमा क्लीक गरेर रायमाझीलाई आर्थिक सहयोग गर्न सकिने जनाउनुभएको छ ।   केसीले अमेरिकामा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई रायमाझीको जीवनरक्षाका लागि सहयोग गर्नु हुनका लागि याचना गर्नुभएको छ ।

प्रतिक्रिया