सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:००
वासिङटन डिसी 14:15

झापा ११ले आर्मीलाई हरायो

इनेप्लिज २०७२ असोज ८ गते १३:४७ मा प्रकाशित

लक्ष्मी काफ्ले

12006118_10207229492792897_2284403338464824566_nबिर्तामोड, ८ असोज । राष्ट्रिय लिगअन्तरगत शुक्रबार भएको खेलमा झापा ११ ले नेपाल आर्मीको अपराजित यात्रालाई पूर्णबिराम लगाएको छ । वर्षातका कारण बिर्तामोडस्थित डोमालाल रङ्गशाला हिलाम्मे भएपछि सुरुङ्गाको खेल मैदानमा भएको खेलमा झापाले आर्मीलाई २–१ गोलअन्तरले पाखा लगाएको हो । झापाले आर्मीलाई पराजित गरेको यो दोस्रो पटक हो । १२ खेल खेलेको झापाले जीतसँगै २१ अङ्क बनाएको छ ।  १० खेल खेलेको आर्मीको भने १७ अङ्क छ ।

सुरुदेखि नै आक्रमक खेल खेलेको झापाले खेल सुरु भएको दोस्रो मिनेटमै पहिलो गोल गर्यो । आर्मीका खेलाडीले डी बक्सभित्र झापाका कर्ण लिम्बूलाई लडाएपछि झापाले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै कर्णले नै पहिलो गोल गरेका हुन् । झापाले दोस्रो गोल १४औं मिनेटमा गर्यो । झापाले पाएको कर्नरलाई गणेश खड्काले गोलमा परिणत गरेका हुन् ।

खेलको इञ्ज्यिूरी समयमा आर्मीले सान्त्वना गोल फर्काएको थियो । आर्मीका तर्फबाट खेलको ९०औं मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच झापा ११ का कर्ण लिम्बू घोषित भए ।

प्रतिक्रिया