संसद् अधिवेशन आह्वान

इनेप्लिज २०७२ असोज ८ गते ४:५७ मा प्रकाशित

Rambaranकाठमाडौँ, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया