बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १३:२३
वासिङटन डिसी 02:38

एनआरएनएको कोषाध्यक्ष पदमा अमेरिकाबाट शिवाकोटीको उम्मेद्वारी

इनेप्लिज २०७२ असोज ८ गते १:१७ मा प्रकाशित

unnamed

आगामी असोज २७ देखि ३० (अक्टोबर १४ देखि १७) सम्म काठमान्डौमा  हुन् गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको अन्तरास्ट्रिय महाधिवेशनमा एनआरएन अमेरिकाको कोषाध्यक्ष तथा वर्तमान आइसीसीको कार्य समितिमा सदस्य रहेका राजेन्द्र शिवाकोटीले कोषाध्यक्ष पदका लागि हिजो लस एन्जल्समा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँआफ्नो उम्मेदवारीबारे शिवाकोटी प्रष्ट्याउँदै भन्छन् सङ्घको कोष पारदर्शी,वैज्ञानिक र प्रभावकारीढंगले चलाउने ज्ञान, सीप र योग्यता सहित अगाडि सरेको छु ।उनले एनआरएनको कोष चलाउन सदस्यहरूको सदस्यता शुल्कबाट मात्र भन्दा पनि दीर्घकालीन स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा रहँदा बैंकिंग छेत्रमा लामो समय काम गरेका शिवाकोटीले अमेरिकाबाट फाइनान्समा एमविए र एकाउण्टिङमा मास्टर गरेका छन् । विगत १५ वर्षदेखि अमेरिकामा बसेका शिवाकोटीले लस एन्जल्स क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसाय गरिरहेका छन् । शिवाकोटी निर्वाचित भएमा एनआरएनको इतिहासमा पहिलो सिए कोषाध्यक्ष हुने उनले जानकारी दिए । कार्यक्रममा शिवाकोटीले आफू अमेरिकाबाट उपाध्यक्ष पदमा पहिले नै उम्मेद्वारी घोषणा गरी सकेका खगेन्द्र जी.सि. सँग समझदारी गरी उठेको र हातेमालो गर्दै आगामी चुनावी प्रतिस्पर्धामा जान लागेको जानकारी दिए । एनआरएन अमेरिका विश्वको सबै भन्दा बढी सदस्य संख्या भएको एनआरएन भएको अबस्थामा एनआरएनएका दुई महत्वपूर्ण पदमा अमेरिकाबाट दावी गर्नु जायज भएको समेत उहाँले बताउनु भयो ।

प्रतिक्रिया