शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:५७
वासिङटन डिसी 03:12

मस्जिदमा हमला गरी २५ को हत्या, दर्जनौँ घाइते

इनेप्लिज २०७२ असोज ७ गते १४:१३ मा प्रकाशित

साना, ७ असोज । यमनमा बिहीबार यहाँको एक मस्जिदमा बम आक्रमण गरी कम्तीमा पनि २५ जनाको ज्यान लिइएको समाचार छ ।

सिया मुस्लिम समुदायका नागरिकका विरुद्धमा गरिएको यस हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको र अरु कयौँ नागरिक घाइते भएको समाचारमा जनाइएको छ ।

यमनको राजधानी सानामा सिया मुस्लिमको प्रार्थनालाई लक्ष्यगरी सो हमला गरिएको थियो । बम हमलामा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

बिहीबार मुस्लिमहरुको महान चाड इद अल अधाको अवसरमा प्रर्थनामा बसेका उनीहरुलाई लक्ष्य गरेर शक्तिशाली बम विस्फोट गराइएको समाचारमा जनाइएको छ ।

सानाको प्रहरी प्रतिष्ठाननजिकै रहेको सो मस्जिदमा सो हमला भएको थियो । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार सो मस्जिदलाई हुथी विद्रोहीहरुले नियन्त्रणमा लिएर हमला गरेका थिए ।

इस्लामिक स्टेट जिहादीहरुले पछिल्लो समयमा यमनका सिया मस्जिदहरुमा हमला गर्ने गरेका छन् । ती हमलामा परी कयौं नागरिकको ज्यान जाने गरेको छ ।

पछिल्लो समयमा ती यमनमा आइएसको आक्रमण पनि बढ्दो रुपमा देखिएको छ । हरेक दिनजसो हिंसात्मक हमला भई नागरिकको ज्यान जाने गरेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया