बुधबार, मंसिर १७ २०७७
काठमाडौं १४:१८
वासिङटन डिसी 03:33

नेपाली जनता निर्णय लिन सक्षम छ: नेता नेपाल

इनेप्लिज २०७२ असोज ७ गते १४:०८ मा प्रकाशित

madhav-nepalपोखरा, ७ असोज । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा आज यहाँ आयोजित चियापान समारोहमा उहाँले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो – “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न ।”

नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएका अब मुलुकलाइै आर्थिक विकास र समृद्धितिर डोर्‍याउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ सरकार गठनसँगै देश निर्माणको काम अघि बढ्ने बताउनुभयो ।

उहाँले नयाँ संविधानले सङ्घीयता, समावेशी र सामाजिक न्यायका विषयलाई पनि समेटेकाले यसबाट मधेसी समुदायको माग पनि सम्बोधन भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया