वार्ताबाट समाधान खोज्न अध्यक्ष थापाको आग्रह

इनेप्लिज २०७२ असोज ७ गते १४:०३ मा प्रकाशित

kamal-thapa1हेटौँडा, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमार्फत आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सकिने भएकाले वार्ताबाट समाधान खोज्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ ।

राप्रपा नेपालद्वारा हेटौँडामा आज आयोजित मध्यमाञ्चलस्तरीय क्षेत्रीय भेलामा उहाँले नयाँ संविधानलाई राप्रपा नेपालको आलोचनात्मक समर्थन रहेको बताउँदै संविधानमा वाक स्वतन्त्रता, दलीय स्वतन्त्रता, आवधिक निर्वाचन र संविधान संशोधन प्रावधान रहनु सकारात्मक भएको धारणा राख्नु भयो ।

सो कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली, दीपकबहादुर सिंह, केन्द्रीय सदस्य चन्द्रेश्वर यादवलगायतले संविधान निर्माणका क्रममा दलको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया