शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:४२
वासिङटन डिसी 14:57

नाइजेरियामा ५६ जना बोको हरामका लडाकू पक्राउ

इनेप्लिज २०७२ असोज ७ गते ११:२१ मा प्रकाशित

hhhh-335x232लागोस, ६ साउन । नाइजेरियाको मध्य भागमा नाइजेरियाली प्रहरीले ५६ जना संग्दिध बोको हरामका सदस्यहरु पक्राउ गरेका छन् ।

मध्य नाइजेरियाको ओबाजाना गाउँका विभिन्न इलाकाबाट संदिग्ध ५६ जना बोको हराम आतङ्ककारी पक्राउ परेका कोगी राज्यका प्रहरी निरीक्षक इमाजुएल ओजुक्वुले लोकोजास्थित सञ्चारमाध्यमलाई जनाएका छन् ।

प्रहरी गस्तीलाई आक्रमण गर्ने व्यक्तिहरुलाई लक्षित गरिएको प्रहरी कारबाहीमा बोको हरामका तीन सदस्यहरु मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस कारबाहीको क्रममा एक प्रहरी निरीक्षकको पनि ज्यान गएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया