शनिबार, मंसिर २० २०७७
काठमाडौं १३:३३
वासिङटन डिसी 02:48

संविधानको स्वागत संगै नेपाल पुनःनिर्माणको लागि सहयोग संकलन

इनेप्लिज २०७२ असोज ७ गते ३:४७ मा प्रकाशित

DSC_0236

सेप्टेम्बर २३, २०१५

कोलोराडो, अमेरीका

नेपालमा जारी भएको संविधानको खुसीयालीमा कोलोराडोमा दिप प्रज्वलन संगै नेपाल पुःन निर्माणको लगि सहयोग संकलन गरिएको छ ।

बोल्डर स्थित शेर्पा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा लामो समयको प्रतिक्षा पछि नेपालमा संविधान जारी भएकोले अब शान्ति सःुव्यवस्था भई मातृभूमि उन्नति र प्रगतिको बाटोतर्फ लम्कन लाग्यो भन्दै खुसी साटासाटगरेका हुन् ।

DSC_0311

कोलोराडोमा लामो समय देखि क्रियासिल डाईनामीक बुनाको संयोजनमा यहां स्थित संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, नेपाल प्रति आस्था र सद्भाव राख्ने स्थानीयबासी, व्यबसायी, पत्रकारहरुको तथा गन्य मान्यको बाक्लो उपस्थिती रहेको कार्यक्रममा मातृभूमिमा गएको भुकम्प पिडित दृष्टिबिहिनहरुको लागी सहयोगार्थ सहयोग संकलन गरिएको थियो ।

DSC_0187

मातृभूमीलाई पिडा परेको बेला संसार भरि छरिएर रहेका नेपाली तथा नेपालप्रति आस्था र सद्भाव राख्नेहरुको हात सल्वलाई रहेको बेला बिगत २० बर्ष देखि अमेरिका बस्दै आएकी बुना दाहाल चुप लागेर बस्न सकिनन् । उनले अमेरिकामा नेपाल पुनः निर्माण सम्बन्धि अभियान चलाईन् । उनको अगुवाईमा नेपाली समाज, स्थानीय बासिन्दा, संघ संस्था, स्थानीय सरकार सवैको सहयोगमा भुकम्प पछि नेपालमा १५ मिलीयल डलर भन्दा बढिको औषधी र उपचारका सामानहरु पठाई सकिएको छ । पठाईएका औषधीहरु विशेष गरि गोरखा र सिन्धुपाल्चोक लगायतका जिल्लाका भुकम्प पिडितहरुलाई बितरण गरिएको र उपचारका सामग्रीहरु कान्ति बाल अस्पताल, बिर अस्पताल, टिचिब अस्पताल, काठमाण्डौं मेडिकल कलेजमा प्रयोग भई रहेको बुना बताउंछिन्।

DSC_0176

अहिलेको यो पछिल्लो प्रोजेक्ट २ मिलीयन डलरको भएको र यसले भुकम्प पिडित दृष्टि बिहिनहरुको क्षमता अभिबृद्धी गरि समुदायमा

पुनस्र्थापन गर्न सहयोग पुग्ने उनको दावी छ । संकलन गरिएको सहयोग बाट दृष्टिबिहिनहरुका लागी अत्यावश्यक सेतो छडी लगायतका

सहयोगी साधन किन्ने, मोबीलीटी तालीम दिने, शिक्षा र रोजगारीका अवसरहरु सृजना गर्न खर्च गरिने बताउने बुना स्वयं आफु पनि

दृष्टिबिहीन रहेकी छिन् ।

DSC_0170

निकै मिठो अग्रेजी भाषा बोल्न सक्ने बुना यहांको नेपालीहरु मात्र नभई स्थ्ँँनिय अमेरीकीहरुको मन जित्न सफल भएकी छिन् । बुना यहाको प्रायजसो सबै कार्यक्रमहरुमा सहभागी हुने गर्दछिन् । बोल्ने मौका पाउने बित्तीकै नेपाल पुनः निर्माणको कुरा उठाउन भुल्दिनन् । उनी आयनो मातृभूमीलाई दुःख परेको बेला सबैले आ–आयनो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताउछिन् । यो त सुरुवात मात्र हो अझ धेरै गर्न बांकी रहेको बताउने बुनालाई सम्पर्क गर्न चाहे ३०३.७५८.१२३१ मा सोझै कुरा गर्न सकिन्छ । त्यस्तै उनको ईमेल[email protected]  हो भने, उनको बारेमा बिस्तृतजानकारी लिन परे www.dynamicbuna.com मा गएर हेर्न सकिने छ ।

avaidh-madira

प्रतिक्रिया