नेपाल विश्व सहयोग संघ (NAGC) द्वारा संबिधानको स्वागत‏

इनेप्लिज २०७२ असोज ६ गते २३:४६ मा प्रकाशित

नेपाल विश्व सहयोग संघ (NAGC) द्वारा संबिधानको स्वागत
नेपाली जनताको कैयौँ बर्ष देखिको सपना नयाँ संबिधानको घोषणा सँगै साकार भएको छ। यो महान ऐतिहासिक फड्कोको लागि हामी सम्पूर्ण नेपालीलाई हार्दीक बधाई। यो बधाईको ठुलो अँश वर्तमान प्रधान मन्त्री तथा नेपाली काङ्रेस अध्यक्ष सुशिल कोइराला, नेकपा एमाले, एकिक्रित नेपाल कम्युनिस्ट पार्टी माओवादी, रा प्र पा नेपाल लगायत सम्पूर्ण दलहरु, राज्यका सम्पूर्ण अवयवहरु र हामीलाई सहयोग गर्ने मिडिय कर्मी बुद्दिजिवी र बिदेशी मित्रहरु बधाई तथा धन्यवादका पात्र हुनुहुन्छ। लोकतन्त्र भनेको बहुमतको निर्णय हुने राज्य व्यवस्था हो। यो संबिधानमा झन्डै ९० प्रतिसत सभासदले हस्ताक्षर गरिसकेको अवस्थामा सर्वमान्य र कानून सम्मत रहेको छ।
केही मधेशवादी सभासदहरु असन्तुष्ट भई हस्ताक्षर गर्नु भएन त्यो उहाँहरुको अधिकारको कुरा हो। तर अत्यधिक बहुमतलाई निस्तेज गर्न कुनै दुस्प्रयास कतैबाट भएमा त्यो दु:खद र प्रत्योत्पादक हुनेछ। असन्तुष्ट पक्षलाई वार्तामा आउने निमन्त्रणा दिएर ठूला दलहरुले ठुलो छाती देखाएका छन। यती हुँदा हुँदै पनि नेपाली जनताको भावनामा खेलबाड हुँदैन भन्न सकिन्न। यो समय ईतिहासकै सबै भन्दा समवेदनशील घडी भएकोले हामीले अभूतपूर्व एकता र संयमता देखाउन पर्नेछ, एकता रुपी ढुङ्गो भै जम्दै मजवूत हुनु परेको छ। पुन नेपालको संबिधान २०७२लाई हार्दिक स्वागत तथा आगामी नेपाली ईतिहासलाई मंगलमाय शुभकामना.

मणी नेपाली पनेरु
सस्थापक अध्यक्ष
नेपाल विश्व सहयोग संघ (NAGC)

प्रतिक्रिया