गैर आवासीय नेपाली संघ(आईसीसी) उपाध्यक्षमा मेरो उम्मेदवारी

इनेप्लिज २०७२ असोज ६ गते २२:१० मा प्रकाशित

Bhaban B Announcement

नेपाल समकालिन राजनीतिक इतिहासको सबैभन्दा जटिल मोडमा उभिएको यस समयमा नयाँ संविधान जारीभएको खुशीयाली संगै नयाँ उमङ्ग छाएको छ। राजनीतिक शक्तिहरु मिलेर अब सिंगो मुलुकको एकमात्र एजेण्डा आर्थिक सम्बृध्दि हुने बताइरहेकाबेला नेपालभित्र रहेका नेपालीमात्र नभै हामी गैर आवासीय नेपाली पनि उत्तिकै उत्साही छौं । प्राकृतिक साधनस्रोतले धनी नेपाल साँस्कृतिकरुपमा पनि उत्तिकै धनीछ भन्ने तथ्य हाम्रालागि नौलोहोइन तर हाम्रो पुस्ताले यसैको अधिकतम सदुपयोगगर्दै सम्बृध्द नेपालको सपनादेख्नसक्ने अवस्था आएको छ।नेपाल अब आर्थिक सामाजिक रुपान्तरणकोमार्गमा हिंडेको महशुसगरेका छौं।यसकारण हामी भाग्यमानी पनि छौं कि हामीले नयाँनेपाल निर्माणको यो महाअभियानमा हातेमालोगर्न पाएका छौं र एउटा सम्बृद्ध राष्ट्रनिर्माणको सहयात्रीकारुपमा सहभागी हुने अबसर पाएका छौं ।

गैर आवासीय नेपाली संघले स्थापनाकालदेखि सुरुवात गरेको अभियान ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने भावनालाई नयाँ संविधानले समेटेको छ । नयाँ संविधानले गैर आवासीय नेपालीहरुको नागरिकताको निरन्तरता दिने भएको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो । गैर आवासीय नेपाली अभियानको एक दशक भन्दा लामो अबधीमा हामीले प्राप्त गरेको यो ठूलो उपलब्धिका   लागि म संसारभर छरिएर रहनुभएका दिदीबहिनी दाजुभाइमा हार्दिक बधाई दिन चाहन्छु। नागरिकताको निरन्तरतामा हामीले चाहेजस्तो भए पनि संविधानको २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली राहदानी बाहक नागरिकको नैसर्गिक अधिकार खुम्चिएको र विभेदकारी भएको महशुश गर्न हामी बाध्य भएका छौं । तसर्थ यसको कार्यान्वयनका लागि निर्माण हुने ऐन नियममा नागरिकको संवैधानिक नैसर्गिक अधिकार हनन नहुने गरी व्याख्या गर्न र संविधानको आगामी संशोधनमा यसलाई सच्याउनुकानिमित्त हामीले संगठित रुपमा पहल गर्नुआवश्यकछ।

एकदशक भन्दा अघिदेखि सुरुभएको गैर आवासीय नेपालीहरु एकजुटहुने क्रम अझै जारी छ र आगामी दिनमा यसको दायरा अझै फराकिलो बनाउँदैलैजानुपर्ने चुनौति छ। संसारभररहेका नेपालीहरुको यो साझा संस्थामा समाहित भएर आम  नेपालीको समृद्धिमा थोरै भएपनि योगदान पुर्‍याउने उद्देश्य लिएर म यो अभियानमा स्थापनाकालदेखि स्वतस्पूmर्त र स्वयमसेवीका रुपमा सकृय सहभागी रहँदै आएको छु।यसैक्रममा सन् २००९ देखि २०११ सम्म एनआरएनए जापानको अध्यक्ष, २०११ देखि २०१३ सम्म एनआरएनए आइसीसी केन्द्रिय कोषाध्यक्ष र २०१३ देखि २०१५ सम्म एनआरएनए केन्द्रिय उपाध्यक्ष तथा पर्यटन प्रवर्धन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर सेवा गर्न र मलाई यो अभियानमा सामेल रहन तपाईहरुले पुर्‍याउनुभएको सहयोगकालागि कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

गत बैशाखमा गएको बिनासकारी भूकम्पले हजारौं नेपालीको दुखद निधन भएको र हजारौं घाइते एवं घरबारविहिन भएको कठिन समयमा एनआरएनद्वारा संचालित उद्दार तथा राहत वितरण कार्यमा सबैको सकृयता, सहभागिता र सहयोगप्रति धन्यवाद दिनचाहन्छु साथै गैर आवासीय नेपालीको भूमिका अझबढेको महसुस गरेको छु। एनआरएनएले एकहजार घर बनाउन गरेको प्रतिबद्धता पुरागर्न हामीसबै एकपल्ट फेरि लाग्नुपरेको छ। बिपत्तिकोक्षणमा राष्ट्रले हामीबाट ठूलो अपेक्षा गरेको कुरालाई नभुलि पुर्ननिर्माणको सच्चा साझेदारको दायित्वप्रति हामी सचेत छौं।

गैर आवासीय नेपालीको संख्यात्मक बृद्धिसंगै यो अभियान संसारभर फैलिदैगएको छ। राष्ट्रले भोगेको राजनैतिक अस्थिरता र प्राकृतिक बिपत्तिले गर्दा ओझेलमा परेको आर्थिक संबृद्धिका एजेन्डालाई अघिबडाउन गैर आवासिय नेपालीको अहं भुमिका रहने छ। त्यसैले आगामि नेतृत्व अझ प्रभावकारी, गतिशिल र दूरदर्शी हुनुपर्दछ भन्ने मलाई लाग्दछ।म कुनै पदिय जिम्मेवारीमा रहेपनि अथवा नरहे पनि गैर आवासीय नेपाली अभियानको एउटा सिपाहीकारुपमा सदैव सकृय रहने प्रतिबद्धता व्यक्तगर्न चाहन्छु। तपाईहरुले प्रदानगर्नुभएको जिम्मेवारी इमान्दार भएर आफ्नो क्षमताले भ्याएसम्म पुरा गरिरहेको छु।

हामीले प्रतिबद्धता अनुसार योकार्यकालमा आफ्नै भवन बनाउने प्रकृया सुरुगरिसकेका छौं। काठमाडौंको बालुवाटारमा हाम्रो भवन शिलान्यास भइ निर्माण काम समेत सुरुभइसकेको छ। भवननिर्माणकालागि प्राप्त सहयोगप्रति यहाँहरुप्रति म अनुगृहित छु। यसलाई नमुनाभवन बनाउने हाम्रो प्रयाश जारीनै छ।देशमा भौतिकपूर्वाधार बिकासका लागि बैदेशिक लगानि भित्र्याउने, बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तथा पर्यटन बिकासका क्षेत्रमा प्रतिबद्ध भएर लागिरहेका छौं ।

बिगतका कार्यकालमा शुरुभएका असलकामहरुलाई निरन्तरतादिंदै एनआरएनएको संस्थागत विकासका लागि सबैको सकृयता आवश्यक छ। यही कुरालाई महशुसगरी आगामी कार्यकालकालागि पनि उपाध्यक्ष पदमै एकपल्ट फेरि उम्मेदवारीदिने निर्णय गरेको छु।एन आर एन अभियानमा मेरो बिगत र भावी प्रतिबद्धतालाई मध्यनजर गरेर तपाइहरुले यथोचित न्याय गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु।

धन्यबाद।

भबनभट्ट

उपाध्यक्ष

गैर आवासीय नेपाली संघ(आईसीसी)

प्रतिक्रिया