बुधबार, मंसिर १७ २०७७
काठमाडौं ००:४७
वासिङटन डिसी 14:02

राज्य सम्पत्ति दुरुपयोग सम्बन्धमा राजपाक्षेलाई प्रश्न

इनेप्लिज २०७२ असोज ६ गते १४:५९ मा प्रकाशित

Mahinda Rajapaksaकोलम्बो (श्रीलङ्का), ६ असोज । श्रीलङ्काका राष्ट्रपतिय छानबिन आयोगद्वारा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई राज्य नियन्त्रित सङ्घसंस्थामा सन् २०१५ जनवरीमा भएको राष्ट्रपतिय निर्वाचनका बेला भएको भनिएको आर्थिक हिनामिनाका बारेमा बुधबार अनुसन्धानको दाएरामा ल्याएकोे छ ।

पूर्वराष्ट्रपति राजपाक्षेको कोलम्बोस्थित निवासमा गरिएका प्रश्नहरु निर्वाचनका बेला राज्य नियन्त्रित सङ्घसंस्थामा उहाँको हस्तक्षेपका कारण भएको भनिएका क्षतिको विवरणका बारेमा केन्द्रित भएको आयोगका सदस्यहरुद्वारा बताइएको छ ।

छानबिन टोलीले निर्वाचनका समय राज्य नियन्त्रित एक सञ्चारमाध्यममा १४ लाख अमेरिकी डलरको घाटा भएको भन्ने आरोप दर्ता भएपछि अनुसन्धान सुरु गरेका जनाएको छ ।

राज्य नियन्त्रित उक्त सञ्चारमाध्यममा राजपाक्षेले भुक्तानी बिनानै निर्वाचनको अभियान चलाउँदा संस्था घाटामा पुगेको जनाएपछि छानबिन सुरु भएको हो ।

राजपाक्षे आफ्नो १० वर्षे शासनकालपछि गएको जनवरीमा भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग पराजित हुनुभएको थियो ।

पूर्व¬राष्ट्रपति, उहाँका सहयोगी, सरकारी उच्च अधिकारी तथा पूर्व सरकारमाथि व्यापक भ्रष्टाचार गरेको आरोप छ ।

प्रतिक्रिया