आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:३०
वासिङटन डिसी 05:45

नेपाली युवा टोली एएफसी च्याम्पियनसिपमा छनोट भई स्वदेश फिर्ता

इनेप्लिज २०७२ असोज ६ गते १०:५२ मा प्रकाशित

u-16-footballकाठमाडौँ, ५ असोज । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसीप प्रतियोगितामा छनोट भएको नेपाली युवा टोली आज स्वदेश फर्किएको छ ।

किर्गिस्तानमा भएको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष एवम् सभासद् गणेश थापा, एन्फाका पदाधिकारी र नेपाली फुटबलका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतियोगितामा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । छ अङ्क नै जोडेको नेपाल हेड टु हेडका आधारमा पछि पर्दै समूहको उपविजेताका रूपमा छनोट भएको हो । रासस

 

प्रतिक्रिया