शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:३५
वासिङटन डिसी 14:50

भारत ! नेपालीहरु झुक्न जान्दैनन्, मर्न डराउँदैनन्

इनेप्लिज २०७२ असोज ६ गते १०:४८ मा प्रकाशित

siriya

उतिबेला अक्टरलोनीको हातबाट किल्ला खोसिएको बेलादेखिको इतिहास हेर्नुहोस त नेपालीहरु कहिले झुकेछन् । बरु भारतको कानमा ब्रिटिसले समातेर राज्य गरेका बेला हजुरहरुको सानो देख्दा मात्र निस्कने ठूलो स्वर कता थियो ?

गर्जिँदा मात्र बाघ होइन् । सानो बोल्ने पनि सानै हुन्छ भन्ने हुँदैन । ‘हर धोती पेहेन्नेवाला गान्धी नही होता !’ हामीले त्यतैबाट सिकेको । सत्य कुरा त, यत्तिका समय गृहयुद्धमा फसेर बल्लतल्ल खुट्टा टेक्दै गरेको छिमेकी कुनै दिन हजुरहरुमाझ दयाको भिख माग्न आएन । रिसको चरम सिमामा लट्पट्एिको जिब्राले विस्तारवादीसम्म ओकल्यो, त्यो पनि हजुरहरुले नै सिकाएको । यतिबेला दाजुभाईको सामान्य विवादमा दया कहाँवाट आयो ? घरायसी मामला भन्दैनौँ तर हाम्रो सफलता मानेको बेला, अप्ठ्यारो परेको बेला पनि नदिएको सुझावको के जरुरी थियो र हजुर ?

गरिब थियौँ तर लोभ गरेनौं । मागेनौं, दिँदा नाई पनि भनेनौ । अक्सर गरिबहरु यस्तै हुन्छन् जस्तो हामी छौं । बरु हामीले भोगचलन गर्दै गरेको सम्पूर्ण खुसी खुम्चिँदा पनि चुप रह्यौँ । विशाल नेपालको नक्सा सानो बन्दा एकपटक हाम्रो मुटु बन्द भएको थियो । अनेकका सम्झौतामा ल्याप्चे गराउँदा मृत्यु पत्रमा हस्ताक्षर गरेझै लागेको थियो । दुनियाँको आँखाले देख्दादेखिने हाम्रो भूमिमा यहाँहरुको दाबी सहेरै बस्यौ । यस्को मतलव यहाँहरुले भनेको ‘पोलटिकल इस्यु’ नबुझेर चुप बसेका होइनौँ । हाम्रो भूमि नभएर के भयो त, सुख दुःखमा शक्तिशाली छिमेकी त छँदै छ नि भनेर चुप बस्यौँ । आँशुले भरिएका आँखाले थुप्रोपटक हजुरतिर सहायताका लागि हेरिरह्यौँ । अर्को पछि फर्केर सुत्नुभयो, हामीले उठाएनौँ ।

हामी सोझा छौँ, हामी सहन्छौ पनि यसैकारण हामी मर्न डराउन्नौँ । हार निश्चित छ भन्ने जान्दा जान्दै नांगो खुकुरी बोकेर तोप अघि पुग्ने भक्ति थापाको रगत छ हाम्रो नशामा । युद्ध गर्न नसकेर पानीको नाला काटिएपछि पनि पछि नहट्ने बलभद्र कुँवर हामीलाई हेपिन दिँदैनन् ।

पछिल्लोपटक प्रधानमन्त्री मोदी नेपाल आउँदा यस्तो लाग्यो गुमेको बिपीको अभिभावकत्व पायौँ । हर्षले ताली पट्कायौँ । छिट्ै विश्वास गर्ने वाध्यतामा छौँ । यति विश्वस्त भयौँ जबसम्म मोदी भारतमा छन् चरो मुसोले छुँदैन । र, भित्रभित्रै पशुपतिनाथलाई मोदीको दिर्घायु माग्न थाल्यौ । हामीलाई के थाहा सुन्दरी देखाएर भिष्मपितामहालाई झैँ वाण हान्नुहुनेछ । धन्य छ भारत माते हजुरलाई’

पटकपटक श्वास थुनिएको, यसपटक तेलको ट्याङ्कर थुनिएछ । भन्नै लाज लाग्दो कुरो, शक्तिशाली छिमेकीले निम्सरो छिमेकी देखिसहेन । हामी त्यो देशमा छौँ हजुर ! जहाँ हजुरहरुको गाडीमा लगाइएको ४०० रुपैँया कर छुट गराउन ६७ दिन सदन रोक्न सक्छौँ । हामी एकजुट भएर भोलि झन हजुरहरुलाई दबिर्लो हतियार बनिदिने थियौं । छातीमा हात राखेर भनिसियोस त भारत माते, हामी मिलेकोमा भन्दा फुटेकोमा हजुरलाई बढी फाइदा छ र ?

एकैछिन पछि फर्किएर हेरौँ त । लगभग १९१० को दशकमा भारतमा भएका व्रिटिसबाट कोही नेपाली ढुक्कले निदाउन सकेनन् । कतिबेला हमला बोल्ने हो भन्ने क्रस सिराने लगाएर बसे । १९२३ मा आइपुग्दा ब्रिटिसले पनि हामीलाई सार्वभौम देशका नागरिक भनेर पत्यायो । एक तिहाई भन्दा बढी भूभाग गुमायौँ तरपछि सुगौली सन्धिले गुमेको साख अलिकति भए पनि उठायो । तर मल्हम भने हुन सकेन । शुरुमा १९५७ मा भएको सिपाही विद्रोहमा हामीले गरेको सहयोगको मुल्य गुमेका बाँके, बर्दिया, कैलाली र कन्चनपुर पायौं । १९५०, १९६५ कुनै पनि सन्धि नेपालको हितमा भएनन् । विक्रम सम्वत २०४६ पछिको टनकपुर सन्धिले त झन दुवै देशमा बतास पस्यो । ४६ साल नलाग्दै भारतले नेपाली नाकाहरु बन्द समेत गराएको थियो । हामी पञ्चायतकालमा थियौँ, दोष नलगाऔं हजुरलाई पनि । सबै तत्कालीन कारणहरु पनि नखोतलौँ तर विश्लेषण हुन भने जरुरी छ ।

भारतको चाह थियो या थिएन जनलहरले राजतन्त्र उखेल्यो । ततपश्चात पनि दुवै देशबीचको सम्वन्धमा सुधार भने आउन सकेन । यहीबीचमा अलि बढी चिसो भने पस्यो । सम्वन्ध सुधार्न राजनैतिक तहमा पहल हुनुपर्ने थियो । त्यो ठाउँहरु खाली रहे । अनुमानसम्म के गर्न सकिन्छ भने कुटनैतिक पहल र एजेन्सीतिर भारतले भविष्य देख्यो । यसको सिधा अर्थ हो सुमधुर र मित्रवत सम्बन्ध कायम हुन नसक्नु ।

रोकिएका तेलका ट्याङ्कर छाडिउन । अथवा यो लेख सार्वजनिक भइसक्दा त्यो स्थिति रहिनरहला पनि । मैले पढेको २०४५ सालको नाकाबन्दमा नुन नखाने प्रतिज्ञा गरेका थिए सिरहा, सप्तरीबासीले । नेपालमा पनि समय झण्डै चार गुना दगुरेको छ । नेपाली अलि बढी आत्मनिर्भर छन् । नेपालीबिरुद्ध इगो पालिरहनु भयो भने पनि भारत माता यसपटक बन्द खेप्ने भन्दा गर्नेलाई बढी समस्या पर्ने छ ।

हामी सोझा छौँ, हामी सहन्छौ पनि यसैकारण हामी मर्न डराउन्नौँ । हार निश्चित छ भन्ने जान्दा जान्दै नांगो खुकुरी बोकेर तोप अघि पुग्ने भक्ति थापाको रगत छ हाम्रो नशामा । युद्ध गर्न नसकेर पानीको नाला काटिएपछि पनि पछि नहट्ने बलभद्र कुँवर हामीलाई हेपिन दिँदैनन् ।

अन्त्यमा हे माते ! संविधान राम्रो होस हाम्रो चाहना हो । हामीले यसैमा मेहनत ग¥यौँ । हजुरको चित्त किन बुझेन थाहा छैन । हजुरको इतिहास पल्टाउनु भयो र दाँज्नुभयो भने मत प्रतिशत हाम्रो बढी छ । हजुरले जतिलाई अल्पमतमा पार्नुभयो त्यो भन्दा झण्डै २० प्रतिशत कम मात्रै हाम्रो अल्पमतमा परे । अब प्रश्न गर्ने अधिकार हामीमा पनि छ भने, संविधान कस्को बढी समाबेसी हो त ?

काम लगाउन ललीपप दिएको र हामीले चाल पाएनौँ भने क्षमाप्रर्थी छौँ । होइन भने थाहा भएन । हजुरलाई जे गर्न पनि तयार हाम्रो ट्याङ्कर किन राकियो ? सिमामा सामान रोकिएकै कारण झुके भने सम्झनुहोस, ती नेपाली होइनन् । हे भारत माते झुके भने सम्झनुहोस यिनीहरु नेपाली हुँदै होइनन् ।

लेखक इलामका संचारकर्मी हुन् ।

– See more at: http://dainiknepal.com/2015/91758.html#sthash.cTQEvQPe.dpuf

प्रतिक्रिया